दिगो प्याकेजिङ र हरित व्यवसायमा पाँच उद्यमी पुरस्कृत
काठमाण्डौ । दिगो प्याकेजिङ, हरित व्यवसाय र चक्रीय अर्थतन्त्रमा नवीन समाधान प्रस्तुत गर्ने पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत भएका छन्।युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाअन्तर्गत बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा हरित व्यवसाय प्रवर्द्धन कार्यक्रम (जीबीएपी) का तीन र दिगो प्याकेजिङ कार्यक्रम (एसपीपी) का दुई विजेता...

