शुक्रबार, आश्विन २३,२०८३ 12:59:59
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 12:59:59
Bizshala
Global IME Bank Limited

दिगो प्याकेजिङ र हरित व्यवसायमा पाँच उद्यमी पुरस्कृत

Bizshala
दिगो प्याकेजिङ र हरित व्यवसायमा पाँच उद्यमी पुरस्कृत
New Office

 

 काठमाण्डौ । दिगो प्याकेजिङ, हरित व्यवसाय र चक्रीय अर्थतन्त्रमा नवीन समाधान प्रस्तुत गर्ने पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत भएका छन्।

युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाअन्तर्गत बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा हरित व्यवसाय प्रवर्द्धन कार्यक्रम (जीबीएपी) का तीन र दिगो प्याकेजिङ कार्यक्रम (एसपीपी) का दुई विजेता घोषणा गरिएको हो।

हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमतर्फ बागमती प्रदेशबाट रि अप स्टुडियो, लुम्बिनी प्रदेशबाट इकोदोस्ती प्रालि र मधेश प्रदेशबाट कुशवाहा बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म विजेता बनेका छन्। उनीहरूले जनही ५ लाख ७४ हजार रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन्।

त्यस्तै, दिगो प्याकेजिङ कार्यक्रमतर्फ ए.वि. बायोडिग्रेडेबल प्रडक्ट प्रालि र छाहारी फार्म प्रालि विजेता बनेका छन्। दुवै संस्थाले जनही ७ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन्।

काठमाडौंको हत्तिसारस्थित माया मनोर बुटिक होटलमा आयोजित कार्यक्रममा अन्तिम चरणमा पुगेका उद्यमी तथा नवप्रवर्तकहरूले आफ्ना व्यावसायिक अवधारणा, उत्पादन र नवीन समाधान निर्णायक मण्डलसमक्ष प्रस्तुत गरेका थिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आयोजकका अनुसार व्यावसायिक सम्भावना, नवप्रवर्तन र दिगो विकासमा पुर्‍याउन सक्ने योगदानका आधारमा विजेता छनोट गरिएको हो।

हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमका सहभागीको मूल्याङ्कन काठमाडौं अर्गानिकका भुवन केसी, क्रिएसन नेपालकी सुजाता कोइराला, एभरेस्ट वुमन्स भलिबल लिगकी स्नेभी चापागाईं, लक्ष्मी सनराइज बैंककी विद्या शर्मा र लिंकन इन्टरनेसनल कलेजका सत्येन्द्र उप्रेती सम्मिलित निर्णायक मण्डलले गरेको थियो।

दिगो प्याकेजिङ कार्यक्रमका सहभागीको मूल्याङ्कन भने लक्ष्मी सनराइज बैंकका राम पराजुली, वान टु वाचकी सोनी श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका रिचन श्रेष्ठ र फूलप्रसादकी सुषमा शर्मा वस्ती सम्मिलित निर्णायक मण्डलले गरेको थियो।

क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले विजेता उद्यमी तथा नवप्रवर्तकलाई बधाई दिँदै चक्रीय अर्थतन्त्रलाई व्यवहारमा उतार्ने उनीहरूको प्रयास नेपालको दिगो आर्थिक विकासका लागि महत्वपूर्ण रहेको बताइन्।

कार्यक्रम निर्देशक सुजाता कोइरालाले व्यवसायमा लागतलाई मात्रै प्राथमिकता दिने प्रवृत्तिका बीच वातावरण र पृथ्वीका लागि लाभदायक विकल्प रोज्ने उद्यमीहरूको प्रयास सकारात्मक रहेको बताइन्। उनले प्याकेजिङजन्य फोहोरले वातावरणमा पार्ने असर न्यूनीकरण गर्न दिगो प्याकेजिङलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

पुरस्कार वितरणअघि अक्टोबर ६ र ७ मा छनोट भएका उद्यमी तथा नवप्रवर्तकका लागि दुईदिने आवासीय बुट क्याम्पसमेत सञ्चालन गरिएको थियो। बुट क्याम्पमा सहभागीलाई व्यावसायिक अवधारणा परिष्कृत गर्न, प्रभावकारी प्रस्तुति तयार पार्न तथा लगानी र बजारका सम्भावनासँग जोडिन आवश्यक प्रशिक्षण दिइएको थियो।

दुवै कार्यक्रमको अन्तिम चरणमा कुल २१ सहभागी पुगेका थिए। तीमध्ये हरित व्यवसाय प्रवर्द्धन कार्यक्रममा १३ र दिगो प्याकेजिङ कार्यक्रममा आठ सहभागी थिए।

ग्रीनसिफ्ट नेपाल परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापन, स्रोतको पुनःप्रयोग, वातावरणमैत्री प्याकेजिङ सामग्री विकास तथा हरित उद्यमशीलताको प्रवर्द्धनमा काम गर्दै आएको छ।

परियोजनाअन्तर्गतका कार्यक्रममार्फत नवीन व्यावसायिक अवधारणालाई व्यवहारमा उतार्ने, वातावरणीय चुनौतीको समाधान खोज्ने र नेपालमा दिगो तथा चक्रीय अर्थतन्त्रको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.