काठमाण्डौ । यो साता पनि उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनीहरुमा अधिकांश लघुवित्त र जलविद्युत कम्पनीहरु परेका छन् । अघिल्लो साता पनि जलविद्युत र लघुवित्त कम्पनीनै उच्च आम्दानी गर्ने शीर्ष १० भित्र परेका थिए ।
यो साता सुपर माई हाइड्रो पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक आम्दानी गरेका छन् । यो कम्पनीका लगानीकर्ताले यो साता २५.४२ प्रतिशत कमाएका छन् ।
यस्तै न्यादी हाइड्रोका लगानीकर्ताले २०.११ प्रतिशत , गुराँस लघुवित्तका लगाानीकर्ताले २० प्रतिशत , सपोर्ट लघुवित्तका लगानीकर्ताले १९.७९ प्रतिशत, आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले १६.४२ प्रतिशत,उपकार लघुवित्तका लगानीकर्ताले १४.९५ प्रतिशत, राप्ती हाइड्रोका लगानीकर्ताले १४.६५ प्रतिशत , भूगोल इनर्जीका लगानीकर्ताले १२.५८ प्रतिशत, रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले १२.१७ प्रतिशत र बलेफी हाइड्रोका लगानीकर्ताले १०.९६ प्रतिशत आम्दानी गरेका छन् ।