बुधबार, फाल्गुन २८,२०८१ 07:25:13
IME remit
  • बुधबार, फाल्गुन २८,२०८१ 07:25:14
IME remit
Global IME Bank Limited

हकप्रद प्रक्रियामा १० बीमकः चार बीमा कम्पनीको चुक्तापूँजी अझै नपुग्ने, बोनस बाँड्ने सम्भावना कति ?

Hyundai Nepal
हकप्रद प्रक्रियामा १० बीमकः चार बीमा कम्पनीको चुक्तापूँजी अझै नपुग्ने, बोनस बाँड्ने सम्भावना कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई चुक्तापूँजी बढाउन निर्देशन दिएसँगै करिब एक दर्जन बीमा कम्पनीले हकप्रदको बाटो रोजेका छन् । प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ पुँजी पुर्याउन निर्देशन दिएको थियो ।  

नियामकको निर्देशनबमोजिम ४ जीवन बीमक र ६ निर्जीवन बीमक गरी कुल १० वटा कम्पनीले हकप्रदको बाटो रोजेका छन् । जसमध्ये जीवनतर्फ एलआइसी नेपाल र निर्जीवनतर्फ एनएलजी र नेको इन्स्योरेन्सले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट समेत अनुमति पाइसकेका छन् ।  

एलआइसी नेपाल र एनएलजी इन्स्योरेन्सले हाल हकप्रद जारी गरिरहेका छन् भने नेको इन्स्योरेन्सले भने केही दिनअघि मात्रै बोर्डबाट स्वीकृति पाएको हो । अब धितोपत्र बोर्डको पाइपलाइनमा ७ वटा बीमक छन् । बोर्डले नयाँ अध्यक्ष पाएसँगै बीमा कम्पनीहरुले पनि क्रमशः हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाउन थालेका छन् ।  

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

योसँगै अब बीमा कम्पनीहरुको चुक्तापुँजी बढ्ने प्रक्रिया पनि पुरा हुने देखिन्छ । कम्पनीहरुले चुक्तापुँजी बृद्धि प्रयोजनकै लागि नेपाल बीमा प्राधिकरणसँग हकप्रद जारी गर्न सैद्दान्तिक स्वीकृति माग गरेका थिए । प्राधिकरणले पनि बीमा कम्पनीहरुलाई सहुलियत प्रदान गर्दै चुक्तापुँजी बढाउने हेतुले सहजै स्वीकृति दिएको थियो ।  

तर धितोपत्र बोर्डमा करिब एक वर्ष अध्यक्ष नहुँदा बीमा कम्पनीहरुले हकप्रदको लागि अनुमति पाउन सकेका थिएनन् । तर हालसम्म तीनवटा बीमा कम्पनीले हकप्रद जारी गर्न अनुमति पाइसकेको छ । अब बाँकी ७ कम्पनीले पनि हकप्रदको अनुमति पाउने देखिन्छ ।  

हकप्रदपछि चार कम्पनीको चुक्तापुँजी अझै नपुग्ने  

हकप्रद निष्कासनपछि पनि चारवटा बीमा कम्पनीको चुक्तापुजी प्राधिकरणले तोकेबमोजिम नपुग्ने भएको छ । चुक्तापुँजी नपुग्नेमा एशियन लाइफ, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्स रहेका छन् ।  

यी कम्पनीहरुले चुक्तापुँजी बढाउन अब बोनस सेयर बाँड्नुपर्ने हुन्छ या त अन्य विकल्प छान्नुपर्ने हुन्छ । हकप्रदपश्चात् एशियन लाइफको चुक्तापुँजी ४ अर्ब ८२ करोड २७ लाख रुपैयाँ पुग्नेछ । कम्पनीलाई अझै १७ करोड २२ लाख रुपैयाँ आवश्यक पर्नेछ ।  

त्यस्तै, नेपाल इन्स्योरेन्सको चुक्तापुँजी हकप्रदपश्चात् २ अर्ब ३० करोड १९ लाख रुपैयाँ पुग्नेछ । कम्पनीलाई पनि साढे २ अर्ब पुँजी जुटाउन अझै १९ करोड ८० लाख रुपैयाँ खाँचो पर्ने देखिन्छ ।  

यसका साथै प्रभु इन्स्योरेन्सको हकप्रदपश्चात् चुक्तापुँजी २ अर्ब २७ करोड रुपैयाँ र युनाइटेड अजोडको चुक्तापुँजी २ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । प्राधिकरणले तोकेको पुँजी पुर्याउन प्रभुलाई २२ करोड ३४ लाख रुपैयाँ र युनाइटेड अजोडलाई ८ करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने देखिन्छ ।  

Sagarmatha Cement

बोनस सेयर बाँड्ने सम्भावना कति ?  

हकप्रद निष्कासन गर्ने १० वटा बीमा कम्पनीमध्ये चार कम्पनीको चुक्तापुँजी अझैपनि नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम नपुग्ने देखिन्छ ।  

यदि प्राधिकरणको निर्देशनबमोजिम उक्त कम्पनीहरुले पुँजी जुटाएमा बोनस सेयरकै बाटो रोज्नुपर्ने देखिन्छ । यसबाहेक सो कम्पनीहरुलाई अध्य विकल्प देखिदैन । सोही आधारमा बोनस दिने हो भने एशियन लाइफले ३.५७ प्रतिशत बोनस दिन सक्नेछ ।  

त्यस्तै, नेपाल इन्योरेन्सलाई पनि १९ करोड ८० लाख रुपैयाँ अझै तोकेको पुँजी नपुग्ने देखिन्छ । यसर्थमा कम्पनीले सो बराबरको बोनस सेयर बाँड्ने हो भने कम्पनीले पनि ८.६० प्रतिशत बोनस सेयर दिन सक्नेछ ।  

साथै यसै आधारमा प्रभु इन्स्योरेन्सले पनि ९.८१ प्रतिशत बोनस सेयर र युनाइटेड अजोड इन्स्योरेन्सले ३.५२ प्रतिशत बोनस सेयर दिन सक्नेछ ।  

हकप्रदपश्चात् चुक्तापुँजी पुग्ने बीमा कम्पनीहरुले भने लगानीकर्तालाई बोनस सेयर बाँड्ने सम्भावना न्यून छ । एलआइसी नेपालले करिब २ वर्षयता सेयरधनीहरुलाई कुनै खालको लाभांश बाँडेको छैन । चुक्तापुँजी पुर्याउनकै लागि कम्पनीले ८० प्रतिशत हकप्रदको बाटो रोजेको थियो ।  

त्यस्तै, एनएलजी इन्स्योरेन्सले आव २०७९÷८० मा लगानीकर्तालाई ५.५० प्रतिशत लाभांश दिएको थियो । कम्पनीले चुक्तापुँजी बढाउनकै लागि सो प्रतिशत बोनस सेयर बाँडेको थियो । यस वर्षका लागि कम्पनीले लाभांश दिएमा नगद लाभांश मात्रै दिन सक्ने सम्भावना रहेको छ ।  

त्यस्तै, नेको इन्स्योरेन्सले पनि उक्त आवमा कुनै खालको लाभांश बाँडेको थिएन । कम्पनीले २५ प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको थियो । सो प्रतिशत बराबर हकप्रदपश्चात कम्पनीको चुक्तापुँजी पुग्ने भएकाले कम्पनीले पनि बोनस सेयर बाँड्ने सम्भावना न्यून रहन्छ ।  

सन नेपाल लाइफले पनि पुँजी बढाउनकै लागि आव २०७९÷८०मा लगानीकर्तालाई २३।८० प्रतिशत बोनस बाँडेको थियो । कम्पनीले अपुग पुँजी बराबरको हकप्रद जारी गर्न लागेको छ । कम्पनीको लाभांश एक्चुरी भ्यालुयसनपश्चात् मात्रै तय हुनेछ ।  

त्यस्तै, प्रभु महालक्ष्मी लाइफले पनि पुँजी बढाउनको लागि १० प्रतिशत बोनस सेयर बाँडेर अपुग पुँजी बराबरको हकप्रद जारी गर्न लागेको हो । यसर्थमा कम्पनीले पनि उत्कृष्ट लाभांश दिनेमा न्युन सम्भावना रहेको छ ।  

सानिमा जिआइसीले भने सो आर्थिक वर्षमा कुनै खालको लाभांश बाँडेको थिएन । कम्पनीले पनि हकप्रदकै बाटो रोजेर बसेको थियो । हकप्रदपश्चात् कम्पनीको चुक्तापुँजी सहजै पुग्ने भएकाले कम्पनीले बोनस सेयर दिनेमा सम्भावना कम रहेको छ ।

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.