काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ३ अर्ब ९४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, नेपाल स्टक हाउस र अनलाइन सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नास सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, डायनामिक मनि म्यानेजर्स र एबीसी सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकर कम्पनीबाट आज मात्रै ५५ करोड २ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४८.२७ प्रतिशत सेयर खरिद भएको छ भने ५१.७३ प्रतिशत सेयर बिक्री भएको छ ।


