काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले यसपाली सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले आव २०८०/८१ को वित्तीय विवरणमा नियमनकारी निकायको निर्देशन बमोजिम छुट्टाउनु पर्ने रकमहरु व्यवस्था गरे पश्चात् संस्थाको वित्तीय अवस्था थप सुदृढ र सवलिकरण गर्दै लैजाने उद्देश्यले हालको लागि संस्थाको सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले लाभांश प्रदान नगरी सोही बमोजिमको वित्तीय विवरणहरु वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतार्थ पेश गर्ने निर्णय समेत गरेको छ ।