शनिबार, फाल्गुन १०,२०८१ 10:13:45
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:13:45
IME remit
Global IME Bank Limited

बीमा प्राधिकरणले टेरेन अर्थलाई, पुनर्बीमा कम्पनीको चुक्तापूँजी वृद्धिको प्रक्रिया गोप्य रुपमा अगाडि बढ्यो

Hyundai Nepal
बीमा प्राधिकरणले टेरेन अर्थलाई, पुनर्बीमा कम्पनीको चुक्तापूँजी वृद्धिको प्रक्रिया गोप्य रुपमा अगाडि बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले अर्थमन्त्रालयको निर्देशन लत्याई भित्रभित्रै दुई पुनर्बीमा कम्पनीहरुको चुक्तापुँजी बृद्धि गर्ने प्रक्रिया अघि बढाएको छ ।  

अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री डा. प्रकाशशरण महत र अर्थसचिव डा. कृष्णहरि पुष्करले पुनर्बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउन आवश्यक नरहेको बताउँदै पुँजी बृद्धि सम्बन्धी निर्णय तत्काल फिर्ता लिन प्राधिकरणलाई मौखिक निर्देशन दिएका थिए ।  

प्राधिकरणले भने अर्थमन्त्रालयको निर्देशन पालना नगरी अघि बढिसकेको प्रक्रिया फिर्ता लिन नमिल्ने जानकारी दिएको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

बीमा प्राधिकरणले नेपाल रि र हिमालयन रि इन्स्योरेन्सलाई एक वर्षभित्र २० अर्ब चुक्तापुँजी पुर्याउन क्यापिटल प्लान पेश गर्न निर्देशन दिएको थियो ।  

प्राधिकरण बोर्डले गत माघ १७ गते दुईवटै पुनर्बीमा कम्पनीलाई एक वर्षभित्र अथवा २०८१ माघ १७ गतेसम्म २० अर्ब पुँजी पुर्याउन भनि १५ दिनभित्र क्यापिटल प्लान मागेको थियो ।  

सोहीअनुसार हिमालयन रि इन्स्योरेन्सले पुँजी बृद्धि योजना प्राधिकरणमा पेश गरेको उप–निर्देशक तथा कानून शाखा प्रमुख शाम्भाराज लामिछानेले बताए ।  

उनकाअनुसार हिमालयन रि ले १०ः८ अर्थात ८० प्रतिशत हकप्रद जारी गर्ने र अपुग रकम आर्थिक वर्ष २०८०÷८१ को लागि बोनस सेयर वितरण गरेर तोकिएको पुँजी पुर्याउने योजना पेश गरेको छ ।  

बीमा नियामक निकाय नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ पदाधिकारीहरुकै मिलेमतोमा हिमालयन रि इन्स्योरेन्सलाई हकप्रद जारी गर्न दिने बुझिएको छ ।  

हिमालयन रि इन्स्योरेन्सले क्यापिटल प्लान पेश गरिसकेको बताएपनि प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले भने आफूलाई सोबारे कुनै पनि जानकारी नभएको बताए । क्यापिटल प्लान बारे सम्बन्धित कम्पनीका सीईओहरुसँगै सम्पर्क गर्न भनी उनी बोल्न चाहेनन् ।

प्राधिकरणका स्रोतअनुसार हिमालयन रि इन्स्योरेन्सले पुँजी बृद्धि योजना पेश गरिसकेको छ, भने नेपाल रि इन्स्योरेन्सले हालसम्म कुनै योजना पेश गरेको छैन । नेपाल पुनर्बीमा कम्पनीलाई निर्णय लिन थप समय लाग्ने भन्दै १५ दिन समय मागेको प्राधिकरणले जनाएको छ ।  

यसअघि पुनर्बीमा कम्पनीको पुँजी बृद्धि प्रक्रिया अघि बढाउने वा नबढाउने भन्ने विषयमा अर्थमन्त्रालय र प्राधिकरण बोर्ड बैठकबीच छलफलपछि मात्रै तय हुने अर्थ स्रोतले बताएको थियो ।

तर छलफल नहुँदै प्राधिकरणले भने दुई पुनर्बीमा कम्पनीलाई पुँजी बृद्धि योजना पेश गर्न निर्देशन दिइरहेको छ । जसअनुसार हिमालयन रि इन्स्योरेन्सले हकप्रद र बोनसमार्फत पुँजी पुर्याउने योजना पेश गरेको छ, भने नेपाल रिले हालसम्म कुनै योजना पेश गरेको छैन ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.