IME remit
  • बुधबार, माघ ३०,२०८१ 10:31:25
IME remit
Global IME Bank Limited

बीमा के हो ? यस्तो छ जीवन र निर्जीवन बीमाबीचको भिन्नता र महत्व

Hyundai Nepal
बीमा के हो ? यस्तो छ जीवन र निर्जीवन बीमाबीचको भिन्नता र महत्व
Nabil Bank Limited

काठमाण्डौ । बीमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा पाउनुहोस् बीमा भनेको के हो ? र यसका प्रकारहरु । बीमाले व्यक्तिगत तथा सम्पत्ति सुरक्षा सुनिश्चित गर्दै आर्थिक स्थिरता प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछ । बीमालाई मुख्यतः दुई प्रकारमा विभाजित गरिएको छ– जीवन बीमा र निर्जीवन बीमा । मानिसको जीवनमा आउने जोखिमबाट बच्न गरिने बीमा नै जीवन बीमा हो ।  

मानिसको जीवनमा आइपर्ने जोखिमबाट कुनै क्षति पुगे वा मृत्यु भएमा बीमाले सो बापत आर्थिक क्षतिपूर्ति दिन्छ । यसले बीमा गर्ने व्यक्तिको परिवारको भविष्य सुरक्षित गर्दछ । अब कुरा गरौं निर्जीवन बीमा बारे । २०७२ सालको भुँइचालोमा मानवीय र भौतिक क्षति धेरै भए । हरेक वर्ष बाढी पहिरोले हामीले अनुमान गरेभन्दा बढी क्षति पुर्याउने गरेको छ । व्यापार, व्यवसाय, उद्योगधन्दा, सम्पत्तीमा विभिन्न किसिमका प्राकृतिक तथा मानवीय कारणबाट आर्थिक क्षति हुन्छ ।  

प्राकृतिक प्रकोपलाई त हामी कसैले रोक्न सक्दैनौ तर सुरक्षित भने अवश्य हुनसक्छौं । यी सबैबाट सुरक्षित हुने भनेको बीमा गरेर हो । निर्जीवन बीमा भनेकै सम्पत्ति तथा वस्तुमा हुने विभिन्न प्रकारको जोखिमहरु, भवितब्य तथा दुर्घटनाबाट सिर्जित आर्थिक क्षतिको रक्षा गर्छ ।

Shivam Cement
Bizshala
CG Motors

हाल नेपालमा १४ वटा जीवन बीमा र १४ वटा नै निर्जीवन बीमा कम्पनी रहेका छन् । नेपालमा लोकप्रिय जीवन बीमाहरुमा टर्म इन्स्योरेन्स, होल लाइफ इन्स्योरेन्स, एन्डोमेन्ट प्लान्स र यूनिट लिंक्ड इन्स्योरेन्स प्लान्स रहेका छन् । जीवन बीमा अन्तर्गत बीमा गर्ने व्यक्तिको मृत्यु भएमा वा विमाको मिति समाप्त भएपछि एकमुष्ट रकम प्रदान गरिन्छ जसले परिवारलाई आर्थिक स्थायित्व दिन्छ ।

नेपालको पुराना निर्जीवन बीमा कम्पनीहरुमध्ये एक हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआइ)  लाई लिन सकिन्छ जसले व्यक्ति र व्यवसायहरुको आवश्यकताहरु पूरा गर्नका लागि विभिन्न निर्जीवन बीमाका सेवाहरु उपलब्ध गराउदै आएको छ । निर्जीवन बीमाले सम्पत्ति र सञ्चालनहरुको सुरक्षा गर्दछ । जस्तै सवारीसाधनको बीमा, सम्पत्ति बीमा,  कृषि बीमा,  मरिन कार्गो बीमा गर्न सकिन्छ ।

नेपाल प्रहरीको आर्थिक वर्ष २०८१/८२ को तथ्याङ अनुसार नेपालमा दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेका छन् । ती घटनामा दैनिक औसतमा ८८ जना सडक दुर्घटनामा परी घाइते हुने गरेका छन् । सवारीसाधन बीमा गरे यस्ता जोखमबाट वित्तीय सुरक्षा लिन सकिन्छ । यसले सवारीसाधनका मालिकहरुलाई ढुक्कको महसुस गराउछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

असार–साउनमा हामी बाढीपहिरोबाट आक्रान्त हुन्छौं । गत असोजमा गएको बाढी र पहिरोले १७ अर्बभन्दा बढीको क्षति भयो । घर ढले, बस्ती बगे । अनि मुख्य चाडबाड आउछ चोरीका घटनाहरु बढ्छन् । गत दशैंको अविधभर काठमाण्डौ उपत्यकामा ११ वटा चोरीका घटना भए । अब सोच्नुस जिल्लामा कति भए होलान् । अब सोच्दै हुनुहुन्छ होला कसरी सुरक्षा अपनाउने त ? सम्पत्ती बीमाले तपाईलाई सुरक्षित राख्छ । सम्पत्ती बीमाले आवासीय र व्यवसायिक सम्पत्तिलाई प्राकृतिक प्रकोप, चोरी वा दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा दिन्छ ।  

नेपाल कृषि प्रधान देश । देश विकासको लागि कृषि क्षेत्रको विकास गर्नु अति आवश्यक हुन्छ । किसानलाई लक्षित गरि ल्याइएको कृषि बीमाले धेरै किसान सुरक्षित राखेको छ । साना र ठूला दुबै कृषकहरुको कृषि व्यवसायमा सम्भावित जोखमबाट हुन सक्ने क्षतिको रक्षाका लागि कृषि बीमा गराउनु पर्दछ । कृषि बीमा अन्तर्गत बाली बीमा, गाइवस्तु बीमा पर्दछन् । बाली बीमाले प्राकृतिक प्रकोप वा रोगहरुका कारण बाली नष्ट हुँदा किसानलाई क्षतिपूर्ति दिइन्छ भने गाइवस्तु बीमाले पशुचौपायामा लाग्ने रोग, दुर्घटना वा चोरी जस्ता जोखिमहरुबाट हुने क्षतिबाट सुरक्षित राख्छ ।

कोभिडपछिको समय हेर्ने हो भने अर्थतन्त्र केहि लयमा फर्किएको छ । व्यापारीहरुले केहि राहतको सास फेरेका छन् । गत आर्थिक वर्ष २०८१÷८२ मा १५ खर्ब ९२ अर्बको सामान आयात भयो भने १ खर्ब ५२ अर्बको निर्यात भयो । यसरी ढुवानी गर्दा सामान हराउने जोखिम धेरै हुन्छ । यसबाट बच्न मरिन कार्गो बीमा गर्न आवश्यक छ । यसले आर्थिक जोखिमहरु कम गर्दै व्यापारलाई निरन्तता दिन मद्दत गर्दछ ।

भनिन्छ नि जहाँ समस्या छ त्यहाँ समाधान पनि हुन्छ । यी माथि उल्लेख गरेका सबै समस्याबाट तपाई मुक्त हुन चाहनुहुन्छ भने बीमा गर्नुहोस् अनि सुरक्षित जीवन बाँच्नुहोस् । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.