काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.२३ रुपैयाँ र बिक्रीदर १३८.८३ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४०.८६ रुपैयाँ र बिक्रीदर १४१.४७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६७.५९ रुपैयाँ र बिक्रीदर १६८.३२ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४.९८ रुपैयाँ र बिक्रीदर ८५.३५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७९ रुपैयाँ र बिक्रीदर ८.८२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६३ रुपैयाँ र बिक्रीदर ३७.८० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.६५ रुपैयाँ र बिक्रीदर ३०.७८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९२ रुपैयाँ र बिक्रीदर ३८.०८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३९ रुपैयाँ र बिक्रीदर ९.४३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.५२ रुपैयाँ र बिक्रीदर ४४९.४६ रुपैयाँ कायम भएको छ ।