काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप एक कम्पनीलाई आइपीओ निष्कासनको अनुमति प्रदान गरेको छ । सेबोनले ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडलाई आइपीओ जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्य दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गर्नेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।