काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सगमाथा जलविद्युत कम्पनी र साहस उर्जा लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
सगरमाथा जलविद्युतको ५ लाख ३२ हजार कित्ता र साहस उर्जाको २८ लाख कित्ता गरी कुल ३३ लाख ३२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सगमाथा जलविद्युतले गत आवका लागि सेयरधनीहरुलाई ४।७५ प्रतिशत बोनस सेयर र ०।२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश दिएको थियो । त्यस्तै साहस उर्जाले पनि गत आवका लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ८.८२१ प्रतिशत लाभांश दिएको थियो ।
यी कम्पनीहरुद्वारा घोािषत बोनस सेयरहरु आज नेप्सेमा सूचीकृत भएका हुन् । यी सेयरहरु आगामी दिनदेखि कारोबारमा आउनेछन् ।