बुधबार, आश्विन २८,२०८३ 08:27:00
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 08:27:00
Bizshala
Global IME Bank Limited

मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, किन महत्व छ यो बीमा ?

Bizshala
मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, किन महत्व छ यो बीमा ?
New Office

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय मोटर बीमा र सम्पत्ति बीमाले धानेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म निर्जीवन बीमकहरुको कुल व्यवसायमा ३१.२० प्रतिशत मोटर बीमा र २५.७६ प्रतिशत सम्पत्ति बीमा व्यवसाय रहेको छ ।  

दोस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमा व्यवसायमार्फत ६ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सो अवधिसम्म निर्जीवन बीमकहरुले ७ लाख ८४ हजार ४४४ वटा मोटर बीमालेख जारी गरेका छन् ।  

गत आवको सोही अवधिसम्मको तुलनामा मोटर बीमा व्यवसाय ५।१७ प्रतिशतले बृद्धि भएको छ । गत आवको यसै अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले कुल ८ लाख ५८ हजार २६४ वटा मोटर बीमालेख जारी गरी ६ अर्ब ३२ करोड २७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।  

 

 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

निर्जीवन बीमा कम्पनीहरुमा करिब आधा जसो व्यवसाय मोटर बीमाले धानेको छ । पछिल्लो समय नेपाली अटो बजार इभीमय बनेको छ । बजारमा विद्युतीय सवारी भित्रिन थालेपछि निर्जीवन बीमा कम्पनीहरुको मोटर बीमा व्यवसाय समेत बढेको देखिन्छ ।  

सवारी साधनको सुरक्षणका लागि गरिने बीमा नै मोटर बीमा हो । यान्त्रिक शक्तिद्वारा सडकमा गुड्ने सवारी साधनहरु कार, जीप, ट्रक, बस, मोटरसाइकल, ट्याक्टर लगायत सवारी साधनको सुरक्षणका लागि मोटर बीमा गरिन्छ ।  

विभिन्न कारणबस सवारी साधनले तेस्रो पक्षलाई हानी नोक्सानी पुर्याएको खण्डमा क्षतिपूर्ति गर्ने भएकाले पनि मोटर बीमा धेरै महत्व हुन्छ । योसँगै सवारी चलाउने क्रममा सडक दुर्घटना, प्राकृतिक प्रकोपले क्षति पुर्याँदा, भूकम्पका कारण र आगलागीबाट सवारी क्षति भएमा दुर्घटना बीमाले कभर गर्दछ ।  

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पुष २४ गतेसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३६ करोड ९५ लाख रुपैयाँ बराबरको मोटर बीमा दाबी भुक्तानी गरेका छन् । जसमा १७ करोड ७३ लाख रुपैयाँ निजीतर्फको मोटर दाबी रहेको छ भने १९ करोड २२ लाख रुपैयाँ सार्वजनिकतर्फको मोटर बीमा रहेको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

गत असोज महिनामा परेको अविरल वर्षाका कारणले मानिसहरुको धनसम्पत्तिमा ठूलो क्षति पुर्याएको थियो । प्राधिकरणका अनुसार सर्वाधिक सम्पत्ति बीमा र मोटर बीमाको दाबी परेको छ । सो अवधिसम्म ७१ करोड ४१ लाख रुपैयाँ बराबरको मोटर बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।  

हालसम्म निर्जीवन बीमा कम्पनीहहरुले ५१.७४ प्रतिशत मोटर बीमा दाबीको भुक्तानी दिइसकेका छन् । नेपालमा सञ्चालनमा रहेका अधिकांश बीमा कम्पनीको मुख्य प्रिमियम संकलनको स्रोत मोटर बीमा रहेको छ । त्यसैलाई मध्यनजर गर्दै बीमकहरुले बजारको आवश्यकताअनुसार मोटर बीमा पोलिसी निर्माण गरेका पनि छन् ।  

मोटर बीमा विशेषगरी तेस्रो पक्ष बीमा ९थर्ड पार्टी इन्स्योरेन्स०र व्यापक बीमा दुई किसिमका हुन्छन् । थर्ड पार्टी इन्स्योरेन्स अनिवार्य बीमा हो भने ब्यापक बीमा ऐच्छिक बीमा हो । आफ्नो सवारी साधनले अर्को सवारी साधन, व्यक्ति वा भौतिक सम्पत्तिलाई क्षति पुर्याएको अवस्थामा आइपर्ने आर्थिक जोखिम हस्तान्तरण गर्नु तेस्रो पक्ष बीमा हो ।

यस योजनाअनुसार आफ्नो सवारी साधनले अन्य साधन वा सम्पत्तिलाई क्षति पुर्याएको अवस्थामा तेस्रो पक्षलाई कम्पनीले नै दाबी भुक्तानी गर्ने गर्दछ ।  

बीमितले थप बीमाशुल्क भुक्तानी गरी हुलदंगाबाट हुने क्षतिको जोखिम कभर गर्नका लागि ब्यापक बीमा गर्ने गर्दछ । दुर्घटनाको कारण आफ्नो मोटरमा हुने क्षतिसहित तेस्रो पक्षको बीमाको योजनालाई ब्यापक बीमा भनिन्छ । सवारी साधनको चोरी, बाढी पहिरोबाट क्षति भएमा, कुनैपनि अवस्थामा टुटफुट भएमा यो योजनाले जोखिम बहन गर्छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.