काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेड सेयर सरचना पारवतन गर्ने भएको छ । कम्पनीले हाल सम्म कायम रहेको संस्थापक सेयरधनी समूहको ६१.४२ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ३८.५८ प्रतिशत सेयर स्वामित्व संरचनालाई संस्थापक सेयरधनी समूहको ५१.४२ र सर्वसाधारण सेयरधनी समूहको ४८.५८ प्रतिशत सेयर स्वामित्व हुने गरी सेयरधनीहरुको पुँजीको संरचनालाई परिवर्तन गर्न लागेको हो ।
यससम्बन्धी विशेष प्रस्ताव लागि गत कात्तिक १४ गते सम्पन्न कम्पनीको २७ औ वार्षिक साधारण सभाबाट पारित भएको थियो । संस्थाको सञ्चालक समितिको गत माघ ९ गते बसेको ५९८ औ बैठकको निर्णय गरी प्रवन्धपत्र नियमावली संशोधन गरी तथा नेपाल राष्ट्र बैंकबाट तोकिएको शर्तहरु लागु हुने गरी स्वीकृति प्राप्त भई सकेको हुँदा सो बमोजिम आफ्नो सेयर अनुपात परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा सम्पूर्ण संस्थापक सेयरधनीहरुलाई कम्पनीले सूचित गरेको छ ।
साथै, संस्थापक सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न नचाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कम्पनीको प्रधान कार्यालयमा सम्पर्क राखि लिखित रुपमा निवेदन दिन वा वित्तीय संस्थाको ईमेलमा निवेदन पठाउन कम्पनीले आग्रह गरेको छ । आफ्नो सेयर स्वामित्वमा परिवर्तन नगर्ने सेयरधनीहरुको हकहिस्सा बाँकी रहेका संस्थापक सेयरधनीहरुमा समानुपातिक तवरमा बाँडफाड गरिने कम्पनीले जनाएको छ ।
तोकिएको म्याद भित्र सर्वसाधारण समूहको सेयरमा परिवर्तन नगर्ने भनी निवदेन नदिए संस्थापक सेयरधनीहरुको परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गर्ने तर्फ प्रक्रिया अगाडी बढाईने समेत कम्पनीले स्पष्ट पारेको छ ।