शनिबार, बैशाख ५,२०८३ 09:08:33
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 09:08:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धनगढी, नेपालगञ्ज र सुर्खेतमा गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स ’पीजीएम’ मीट सम्पन्न

Bizshala
धनगढी, नेपालगञ्ज र सुर्खेतमा गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स ’पीजीएम’ मीट सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपालमा गल्फ लुब्रिकेन्ट्सका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले पश्चिम नेपालको धनगढी, नेपालगञ्ज र सुर्खेतमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग भेटघाट तथा छलफल कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । नेपाल ल्युब आयल लिमिटेडका आधिकारिक पार्टनर धनगढीको सयपत्री स्टोर्स, नेपालगञ्जको रवी ट्रेडर्स र सुर्खेतको दिपु एण्ड दर्शना अटो पाट्र्सको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रमहरूमा सयौँको संख्यामा नयाँ तथा पुराना बिक्रेता र मेकानिक्सहरुले सहभागिता जनाएका थिए।

धनगढीमा सम्पन्न उक्त कार्यक्रममा नाटु(नेपाल अटो मेकानिक्स ट्रेड युनियन)का केन्द्रीय सदस्य राम नरेश चौधरी प्रमुख अतिथि रहेका थिए । नाटु क्षेत्र नम्बर ‘घ’ का पूर्व अध्यक्ष रूपलाल चौधरी अतिथिका रूपमा उपस्थित थिए । यसैगरी, नेपालगञ्जमा सम्पन्न कार्यक्रममा बाँके अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष नरेन्द्र ओली प्रमुख अतिथि रहेका थिए । उपाध्यक्ष सविन घिमिरे अतिथिका रूपमा उपस्थित थिए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यसैगरी, सुर्खेतमा सम्पन्न कार्यक्रममा नाटुका केन्द्रीय उपाध्यक्ष रतन न्यौपाने प्रमुख अतिथि रहेका थिए । नाटु  कर्णाली प्रदेशका प्रमुख मोहम्मद मिजन अन्सारी अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा नेपाल ल्युब आयलका प्रादेशिक बजार व्यवस्थापक राजन रावल र घनश्याम ओलीले गल्फका विभिन्न उत्पादनहरूको विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।  उनीहरुले नेपाल ल्युब आयलको उत्पादनहरू अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेन्ट र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृत रूपमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको प्राइड ब्याट्रीको बारेमा पनि जानकारी दिएका थिए । छलफलकै  क्रममा, यी सम्पूर्ण क्षेत्रमा गल्फ लुब्रिकेन्ट्सको माग अत्यधिक रहेको र ग्राहकहरूको पहिलो रोजाइको ब्रान्डका रूपमा स्थापित भएको विषयमा सबै सहभागीहरूले समर्थन व्यक्त गरेका थिए ।

CG Motors
Garima Development Bank
IME remit

कार्यक्रमहरूमा गल्फ लुब्रिकेन्टका विभिन्न ठाउँहरूमा अवस्थित रिटेलर तथा पीजीएम साथीहरूलाई सेल्सको आधारमा ‘बेस्ट रिटेलर सेल्स अवार्ड’ तथा ‘बेस्ट पीजीएम सेल्स अवार्ड’ प्रदान गरिएको थियो । साथै, आगामी दिनमा पनि सेल्सको आधारमा सो अवार्ड प्रदान गरिने कम्पनीले जनाएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.