मंगलवार, आश्विन २७,२०८३ 05:35:56
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 05:35:56
Bizshala
Global IME Bank Limited

पुनर्बीमा कम्पनीहरुको विभिन्न क्षेत्रमा रु.४०.६३ अर्ब लगानी, नेपाल रि भन्दा हिमालयन रि आक्रामक

Bizshala
पुनर्बीमा कम्पनीहरुको विभिन्न क्षेत्रमा रु.४०.६३ अर्ब लगानी, नेपाल रि भन्दा हिमालयन रि आक्रामक
New Office

काठमाण्डौ । दुई पुनर्बीमा कम्पनीले विभिन्न क्षेत्रमा साढे ४० अर्ब रुपैयाँ लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार यी दुई पुनर्बीमकले चालु आवको दोस्रो त्रैमाससम्म विभिन्न क्षेत्रमा ४० अर्ब ६३ करोड ६२ लाख रुपैयाँ लगानी गरेका हुन् ।  

यो लगानी रकम गत आवको सोही अवधिसम्मको तुलनामा १३.७० प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सले विभिन्न क्षेत्रम ३५ अर्ब ७४ करोड १० लाख रुपैयाँ लगानी गरेका थिए ।

दोस्रो त्रैमाससम्म आइपुग्दा सरकारी स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी भन्दा प्राइभेट कम्पनी हिमालयन रि को लगानी आक्रामक देखिएको छ ।  

नेपाल रि इन्स्योरेन्सको लगानी ३.३४ प्रतिशतले मात्रै बृद्धि भएको छ भने हिमालयन रि को २७.५० प्रतिशतले बृद्धि भएको छ । यी दुई कम्पनीले ९ वटा क्षेत्रमा लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई लगानी विविधकरण गर्न निर्देशन दिएपनि दुई पुनर्बीमा कम्पनीले भने लगानी विविधिकरणमा जोड दिन सकेका छैनन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

नेपाल रि र हिमालयन रि ले कुल लगानीको ७७.७४ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै लगानी गरेका छन् । दोस्रो त्रैमाससम्म दुई पुनर्बीमा कम्पनीले ३१ अर्ब ५९ करोड ४४ लाख रुपैयाँ मुद्दती निक्षेपमा राखेका छन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३.८१ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म उक्त कम्पनीहरुको यो क्षेत्रमा ३० अर्ब ४३ करोड ३६ लाख रुपैयाँ लगानी रहेको थियो ।  

नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम पुनर्बीमा कम्पनीहरुले ‘क’ वर्गको बैंक र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ३० प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्था छ भने ‘ख’ वर्गको बैंकमा १० प्रतिशत र ‘ग’ वर्गको वित्तीय संस्थामा ५ प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्था छ ।  

त्यस्तै, कुल लगानी रकमको २० प्रतिशत रकम लगानी गर्न पाउने राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा भने नेपाल पुनर्बीमा कम्पनीको मात्रै लगानी रहेको छ । दोस्रो त्रैमाससम्म नेपाल रि ले यो क्षेत्रमा ३० करोड रुपैयाँ लगानी गरेको छ ।  

त्यस्तै, सूचीकृत पब्लिक कम्पनीको सेयरमा भने यी दुई कम्पनीको ३ अर्ब १० करोड रुपैयाँ लगानी रहेको छ । यो रकम गत आवको तुलनामा २११.३२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म नेपाल रि र हिमालयन रि को सेयरबजारमा ९९ करोड ६१ लाख रुपैयाँ मात्रै लगानी रहेको थियो ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

बीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत रकम सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था छ । नेपाल बीमा प्राधिकरणले यस्तो क्षेत्रको लगानीमा थप लचकता अपनाउँदै लगानी निर्देशिका संशोधन गरेको छ । संशोधित लगानी निर्देशिका बमोजिम बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको कायम चुक्तापुँजीको १५ प्रतिशतसम्म बीमा कम्पनीले लगानी गर्न पाउने व्यवस्था गरिदिएको छ । यसअघि बीमा कम्पनीले कायम चुक्तापुँजीको जम्मा ५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था थियो ।  

लगानीको सीमा बढेसँगै हिमालयन रि इन्स्योरेन्सले सेयरबजारमा गरेको लगानी ६३८.२६ प्रतिशतले बढाएको छ भने हिमालयन रि को यस्तो लगानी ८३.९२ प्रतिशत खुम्चिएको छ ।

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X