काठमाण्डौ । सागर ग्रुपले नेपाली बजारमा इनेक्सका नयाँ प्रडक्टको सार्वजनिक गरेको छ । उक्त ग्रुपद्वारा आयोजित ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल ः मिट एण्ड ग्रिट, एक्स्पो–२०२५’ बाट इनेक्स कनेक्ट र इनेक्सको दुईवटा मोडलका क्यामेराको सार्वजनिक गरेको हो ।
नेपालमा पहिलो पटक इनेक्स क्यूब, इनेक्स सी५७० क्यामेरा र इनेक्स कनेक्ट आएका हुन् । कोनिका मिनोल्टाअन्तर्गतको इनेक्सका यी प्रडक्टहरू विश्व बजारमा निकै लोकप्रिय छन् । कोनिका मिनोल्टा प्रिन्टरको लागि प्रख्यात भएता पनि यस कम्पनीले क्यामेरालगायत अन्य डिजिटल डिभाइसहरूको उत्पादन गर्दै आएको छ ।
नेपाली बजारमा इनेक्सका उक्त प्रडक्ट आएसँगै यसको प्रयोगबाट ग्राहकहरूले नयाँ अनुभव लिनसक्ने सागर ग्रुपले जानकारी दिएको छ । एआई–सञ्चालित, हाई क्वालिटी भिडियो र सिमलेस कार्यक्षमता भएका इनेक्सका तीन वटै मोडलका प्रडक्टले प्रयोगकर्तालाई फोटो वा भिडियोको खिचाइमा उत्कृष्ट अनुभव प्रदान गर्ने सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले जानकारी दिइन् ।
इनेक्स क्यूब र इनेक्स सी५७० क्यामेरामा उच्च रिजोल्युसनको सेन्सर र राम्रो कलर रिकर्शनको लागि एड्भान्स टेक्नोलोजीहरू प्रयोग गरिएको छ । सबै मोडलहरूमा अत्याधुनिक फिचर, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकाले ग्राहकहरूलाई इनेक्सका यी प्रडक्टका प्रयोगले दैनिकीमा पनि सहजीकरण ल्याउने सागर ग्रुपले विश्वास लिएको छ ।
उच्च गुणस्तर भएका इनेक्स प्रडक्टमा अटो फोकसिङ जस्ता प्रविधिहरूको समावेश रहेको मानन्धरले बताइन् । ‘विश्व बजारमा प्रख्यात इनेक्सका यी तीन प्रडक्ट भित्र्याउन पाउँदा हामी खुसी छौ, मिटिङ हललगायत ठाउँका लागि उपयुक्त यी क्यामेराहरू आम ग्राहकको रोजाइमा पर्ने अपेक्षा छ,’ उनले भनिन् ।
इनेक्स क्यामेरा औसत मूल्यमै उपलब्ध रहेको सागर ग्रुपको भनाई छ । इनेक्स क्यामेराले भर्चुअल मिटिङ साथै सम्मेलनको भिडियो रेकर्डलाई सहज र तीव्र बनाउने छ । आकर्षक र कम्प्याक्ट डिजाइनमा उपलब्ध इनेक्स क्यामेरा धेरै जनाबीचको भिडियो बनाउनु पर्याे भने निकै उपयोगी रहेको बताइन्छ ।
स्मार्टफोन र अन्य उपकरणहरूलाई कनेक्ट गर्ने विकल्प दिएको इनेक्स क्यामेराले ठूलो संख्याबीचको फोटो र भिडियो सुटिङलाई सहज बनाउने कोनिका मिनोल्टा कम्पनीका बिजनेस म्यानेजर अमित अरोड़ाले जानकारी दिए । उच्च क्वालिटीको भिडियो रेकर्डिङको क्षमता, फोरके भिडियो रेकर्डिङ इनेक्स क्यामेराको प्रमुख विशेषता हुन् ।
यस्ता छन् इनेक्स प्रडक्टको विशेषता
इनेक्स कनेक्ट
इनेक्स कनेक्टमा वायरलेस कन्फरेन्सिङ सिस्टम दिइएको छ । फोरके स्क्रिन कास्ट, क्यामेरा स्ट्रिमिङ, टाइप–सी प्लग एण्ड प्ले र ८–माइक एरे यसको प्रमुख विशेषता हुन् । कम्प्याक्ट र मोर्डन डिजाइन भएको यो डिभाइस उत्कृष्ट फिचर भएकै कारण प्रख्यात छ । फोरके आउटपुट रेजोल्युसन भएको यस डिभाइसमा यूएसबी, एचडीएमआई र वाइफाइसमेत यसमा कनेक्ट गराउन सकिन्छ । यसलाई विशेष गरी स्पिकर वा रेकर्डरको रूपमा प्रयोग गर्न सकिने बताइएको छ ।
इनेक्स क्यूब
अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजन भएको इनेक्स क्यूब प्रयोगकर्ता मैत्री क्यामेरा हो । नेपालमा पहिलो पटक ल्याइएको यो क्यामेरा मिटिङ गर्दाको भिडियो खिच्नका लागि निकै उपयोगी छ । इनेक्स क्यूब क्यामेरामा एचडी रिजोलुसनमा भिडियो रेकर्ड गर्नसक्ने सक्षम छ । जसले स्पष्ट र उच्च क्वालिटीको इमेज प्रदान गर्छ । यो क्यामेरा वाइफाइमार्फत स्मार्टफोन वा अन्य डिभाइससँग जडान गर्न सकिन्छ । जसले रियल टाइममा भिडियो स्ट्रिम गर्न मद्दत पुर्याउँछ ।
इनेक्स क्यूब क्यामेरामा मोशन डिटेक्शन क्षमता पनि छ । फोर–क्यामेरा लेन्स भएको यो क्यामेरामा फोरके ३६०̊ पनोरमासहित मल्टिपल फेसियल ट्रयाकिङको पनि सुविधा दिइएको छ । यस्तै, रिमोट कन्ट्रोलमार्फत पनि यसलाई चलाउन सकिने बताइएको छ । रातको समयमा पनि स्पष्ट रूपमा देख्नका लागि नाइट भिजनको सुविधा यस क्यामेरामा उपलब्ध छ । क्लाउड स्टोरेज र माइक्रो कार्ड सपोर्टको सुविधासमेत रहेको यस क्यामेरामा भिडियो रेकर्डिङलाई उत्कृष्ट बनाउँछ ।
इनेक्स सी५७०
इनेक्स सी५७० क्यामेरामा इमेज स्टेबलाइजेशन प्रविधि छ । जसले फोटो खिच्दा वा भिडियो रेकर्ड गर्दा कुनै पनि समस्याको सिर्जना हुन दिँदैन । यो क्यामेराबाट विशेष गरी चलिरहेको अवस्थामा स्पष्ट र सफा चित्र प्रस्तुत गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । प्रिमियम सोनी सेन्सर दिइएको यस क्यामेरामा अटोः फ्रेमिङको सुविधा पनि दिइएको छ ।
१२०̊ वाइड एंगल क्यामेरा भएको इनेक्स सी५७० मा रिमोट कन्ट्रोल व्यवस्था पनि छ । हाई डाइनामिक रेन्ज दिइएको यस क्यामेराले उज्यालो र अन्धकार भागकोबीचमा सन्तुलन कायम राखेर राम्रो रिजल्ट दिन्छ । वाइड एंगल होस् वा टेलीफोटो लेन्स यस क्यामेराको साहयताबाट उत्कृष्ट फोटोहरू लिन सकिन्छ ।