काठमाण्डौ । किर्तिपुर अस्पतालले शनिवार पोखरामा एक कार्यक्रम समुद्घाटनको क्रममा हाइडोजन ग्यास भरिएको बेलुनमा आगो फैलिएर घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपािलकाका मेयर धनराज आचार्यलाई भेटघाटमा रोक लगाएको छ।

अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले एक विज्ञप्ति जारी गर्दै घाइते भई सघन उपचार कक्षमा उपचाररत अर्थमन्त्री पौडेल र मेयर धनराज आचार्यसँग भेटघाट हाललाई बन्द गरिएको प्रष्ट पारेका छन् । हाललाई अवस्था सामान्य भएता पनि संक्रमण हुने भएको भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्द गरिएको छ । विज्ञप्तिमा भनिएको छ ।
अस्पतालका अनुसार रातभर दुवै नेताको अवस्था थप बिग्रिएको छैन अर्थात सामान्य छ ।
उनीहरुलाई भेट्न भन्दै नेता तथा कार्यकर्ताहरुको बाक्लो भीड हुन थालेपछि सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गरी अस्पतालले भेटघाटलाई पूर्ण बन्देज लगाएको हो ।
अस्पतालका अनुसार पोखरा घटनाका कारण पौडेल र आचार्यको शरीरको करिब ६ प्रतिशत भाग जलेको छ ।