शुक्रबार, बैशाख ४,२०८३ 07:32:57
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 07:32:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ब्रोकर हाउसमा देखिन थाल्यो रौनक, लगानीकर्ता भन्छन् ‘श्रीमती झै पालेको बैंकले चुर्लुम्मै डुबायो’

Bizshala
ब्रोकर हाउसमा देखिन थाल्यो रौनक, लगानीकर्ता भन्छन् ‘श्रीमती झै पालेको बैंकले चुर्लुम्मै डुबायो’
Shivam Cement

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । आज हामीले अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने प्रयास गरेका छौं । आज दिनभर सामान्य अंकले तल–माथि गरेको बजार अन्त्यमा बढेर बन्द भएको थियो । ब्रोकर हाउसहरुमा लगानीकर्ता भने बजारको अवस्था के हुने भन्नेमा अन्यौलता नै देखिन्थ्यो ।  

आज हामीले सबै भन्दा पहिले अनामनगरमा रहेको कालिका सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४८) बाट हाम्रो स्तम्भको सुरुवात गरेका थियौं । यस ब्रोकरमा आज बिहानैदेखि लगानीकर्ताहरुको रौनक देखिन्थ्यो । यतिकैमा एक लगानीकर्ता रातो ज्याकेट लगाएर टाउकोमा चस्मा अडाउदै नमस्कार है, साथिहरु भन्दै ब्रोकर हाउस छिरे । ब्रोकर हाउसमा पहिले नै बसेका लगानीकर्ताले नमस्कार फर्काउँदै भने, ‘लौ ! ठूला खेलाडी आए अब बजारमा केही हुने भयो ।’ उनको जवाफ फर्काउदै पहिलेका लगानीकर्ताले भने, ‘के ठूलो खेलाडी भन्नुहुन्छ ? बैंकमा चुर्लुम्मै डुबिएको छ । खै ! यो श्रीमति पाल्दा झै पालेको बैंकले चुर्लुम्मै डुबायो । कहिले उभो लगाउने हो थाहा छैन । न सेयरको भाउ बढ्छ न त कम्पनीको प्रतिफल नै राम्रो छ ? यो पटक २ वटा बैंकले बाहेक कुनैले पनि राम्रो प्रतिफल नै दिएनन् । उनीसँगै बसेका एक लगानीकर्ताले जवाफ दिँदै भने, ‘धैर्य गर्नुहोस एक दिन पालो आउछ ।’  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सँगै बसेका एक लगानीकर्ताले भने, ‘यो बजारमा केहीले हावामा कमाए केहीले हावामै गुमाए । हामी त बैंकमा सति गयौं । हाईड्रोमा आएको भए पनि हुने रहेछ ।’ ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थियो । भित्ताको घडिमा १२ बज्दै थियो । आज पहिलो प्रहरमा नै करिब ३ अर्ब कारोबार भएको थियो ।  

यतिकैमा एक लगानीकर्ताले भने, ‘लौ आज ९ अर्ब माथिको कारोबार हुने भयो । बजारमा बिस्तारै रौनक थपिदै थियो । यहाँबाट हामी नजिकै रहेको इम्पेरियल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४५) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । यहाँ भेटिएका लगानीकर्ताले पनि बैंकको सेयरले नै बजारमा घाटामा पुर्याएको तर्क गरे । निराश हुँदै एक लगानीकर्ताले भने, ‘हाम्रो सेयर बढ्दैनन्, साथिहरु हामीले गरि नखाने भईयो बजारमा ।’ उनीसँगै बसेका एक लगानीकर्ताले भने, ‘यो बजारमा यस्तै हो । एउटा कम्पनीमा कमायो अर्कोमा जान्छ । यो बजार यस्तै हो । अरुले कमाएको देखिन्छ । अन्तिममा बैंकलाई ब्याज तिर्यो बस्यो ।’  

यस बेलासम्म दिनको १ बजिसकेको थियो । बजारले बिस्तारै गति लिँदै थियो । यहाँबाट हामी नजिकै रहेको भोले गणेष सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ६१) मा पुग्यौं । यहाँ केही महिला लगानीकर्ता कम्प्यूटर लिएर कारोबारमा मस्त देखिन्थे । यस ब्रोकरमा भेटिएका लगानीकर्ताले निकै तल्लो विन्दुमा आएको कारण आफूहरुले कुमारी बैंक , एनआइसी एशिया जस्ता बैंकको सेयर किनेको चर्चा गर्दै थिए । यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ता भने आज फाइनान्स समूह राम्रो बढेको र निस्कने समय भएको पनि तर्क गरे । ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए ।  

CG Motors
Garima Development Bank
IME remit

यहाँबाट हामी राजधानीमा नै रहेको हिमालयन ब्रोकेज (स्टक ब्रोकर नम्बर ६३) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको राम्रै उपस्थिति थियो । यस बेलासम्म दिनको २ बज्दै थियो भने बजारले पनि बिस्तारै माथिको गति लिदै थियो । यस ब्रोकरमा भेटिएका केही लगानीकर्ताले मौद्रिक नीतिको समीक्षाको चर्चा गरेको पनि सुनियो ।  

यस ब्रोकरमा भेटिएका एक लगानीकर्ताले समीक्षामा माइक्रोफाइनान्समा केही लचक नीति आउन सक्ने आँकलन गरे । केही लगानीकर्ताले भने, ‘अझै पनि बजारमा लो क्याप खेलाडिले चलाएका सिएचडिसी ,बुद्धभूमि जलविद्युत , तेह्रथुम पावर जस्ता कम्पनी नै बजारमा चल्ने चर्चा गरेको पनि सुनियो । आज २ बजेपछि बजारले बिस्तारै गति लिएको थियो भने ब्रोकरहाउसहरुमा पनि रौनक बढेको देखिन्थ्यो । आज हामी पुगेका बिभिन्न ब्राकर हाउसहरुमा पुग्दा बजारमा फेरि एकपटक रौनक फर्किन लागेको छनक पनि देखिन्थ्यो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.