शुक्रबार, फाल्गुन ९,२०८१ 07:18:50
IME remit
  • शुक्रबार, फाल्गुन ९,२०८१ 07:18:50
IME remit
Global IME Bank Limited

पैसा कमाउन चाहनुहुन्छ भने बिल गेट्सबाट सिक्नुहोस् यी १० सूत्र

Hyundai Nepal
पैसा कमाउन चाहनुहुन्छ भने बिल गेट्सबाट सिक्नुहोस् यी १० सूत्र
Nabil Bank Limited

काठमाण्डौ । कुनै पनि व्यक्ति यत्तिकै महान बन्दैन । कुनै न कुनै यस्तो कुरा हुन्छ, जसले कुनै पनि व्यक्तिलाई महान बन्न प्रेरित गर्छ ।  

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स विश्वभर आफ्नो साम्राज्य फैलाउने सफल व्यवसायी हुन् । उनले प्रत्येक दिन १०० भन्दा बढी इमेल आफैं चेक गर्छन्। यसबाट उनले के कुराका कारण मानिसले आफ्नो आलोचना गरिरहेका छन् वा प्रशंसा गरिरहेका छन् भन्ने बिषय बुझ्ने गरेका छन्। यो आइडिया अपनाएर तपाईले पनि आफ्नो ग्राहकहरुको फिडब्याक सहजै बुझ्न सक्नुहुन्छ ।  

यी त सामान्य कुरा भए, तर बिल गेट्सले आफ्नो जीवनमा यस्ता १० नियम फलो गरेका छन्, जसका कारण नै उनी आज संसारकै सबैभन्दा धनी व्यक्ति बनेका सिएनएन मनीको रिपोर्टमा उल्लेख छ ।

आउनुहोस् हामी पनि जानौं बिल गेट्सको जीवनका १० महत्वपूर्ण नियमः

१.कर्मचारीलाई कदर गर्नुपर्छ

ठूलो संस्था बनाउनका लागि त्यहाँका कर्मचारीहरु प्रतिबद्ध हुन आवश्यक हुन्छ । बिल गेट्सले पनि आफ्ना कर्मचारीको ख्याल राख्न यस्तै नियम कडाईका साथ आफ्नो जीवनमा लागू गराएका छन्, जहाँ उनले प्रतिबद्ध कर्मचारी खोज्छन् भने उनीहरुलाई कदर समेत गर्छन्।

२.‘फुटाउ र राज गर’ नीतिको विरोधी

बिल गेट्स ‘फूटाउ र राज गर’ नीतिको सख्त विरोधी हुन् । उनले कुनै कम्पनीमा यस्तो हुनुलाई ‘गम्भीर समस्या’ भन्ने गर्छन् । कम्पनीभित्रको समस्या समाधानका लागि यस्तो नीति अपनाउनु गलत शैली भएको उनको ठम्याई छ । बिल गेट्सको विचारमा कम्पनीमा जब कुनै समस्या देखिन्छ, त्यसलाई त्यहीबेला नै समाधान गरिहाल्नुपर्छ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

३.समस्यामा रहिरहे सफलता कठीन

सधैं कठिनाईमा रहिरहनुले सफलताको ग्यारेण्टी हुँदैन । यस्तै खालको एक रोचक कहानी बिल गेट्सले हावर्ड विश्वविद्यालयमा दिएको एक स्पीचमा पनि सुनाएका थिए ।  

४.सबैभन्दा अगाडि जित्ने कोशिश पनि नगर्नू

माइक्रोसफ्टको सफलता कम मूल्यको प्रडक्ट्सबाट सुरु भएको थियो । पछि लगातार ती प्रडक्टसमा सुधार गरिएको थियो । यसपछि नै उनले आइटी उद्योगलाई फेरि नयाँ परिभाषा दिलाउन सफल बने ।  

५.सबैभन्दा महत्वपूर्ण सल्लाह नै सबैभन्दा मुश्किल कुरा

गेट्सले भन्ने गरेका छन् कि तपाईको सबैभन्दा निराश कस्टमर नै तपाईले सिक्ने सबैभन्दा महत्वपूर्ण माध्यम र स्रोत हो । यदि वैश्विक स्तरमा तपाईलाई मानिसहरुले तपाईले जे गरिरहनुुभएको छ, त्यो गलत हो भनिदिए भने त यो झनै महत्वपूर्ण र अमूल्य हुन्छ ।

६.प्रविधि र विजिनेश साथसाथ

‘हामी एक हिसाबले विश्वमा नलेज वर्कर हौ । यसमा सूचना प्रविधि सबैभन्दा अगाडि र महत्वपूर्ण हो । पछि फर्किएर ३ दशकअघिको माइक्रोसफ्टको इतिहासलाई हेर्दा मलाई निकै रमाइलो लाग्छ । त्यसबेला काम मात्र सुरु भएको थियो र मैले सोचिरहेको थिएँ कि कसरी कामले अगाडिका कुराहरुलाई परिवर्तन गरिदिनसक्छ । अब अहिले हामी डिजिटल वर्क कल्चरमा आइपुगेका छौ ।’

७.समस्यालाई चिन्न सिक्नू

तपाई के कुरामा फोकस हुनुहुन्छ, यो राम्रोसँग छनौट गर्नुपर्छ । यदि तपाईले बेलैमा समस्या चिन्न सक्नुभयो भने मात्र त्यसको समाधान पनि समयमै निकाल्न सक्नुहुन्छ । समस्या बेलैमा चिन्न सकियो भने त्यसको समाधान निकाल्न निकै सहज हुन्छ ।  

८.सफलतालाई उत्सवमय बनाउनुहोस्, असफलताबाट सिक्नुहोस्

सफलतालाई उत्सवको रुपमा मनाउन सक्नुपर्छ भने असफलताबाट सिक्न पनि पछाडि पर्नु हुँदैन । एउटै गल्तीलाई पटक–पटक दोहोर्याउने काम गर्नु हुँदैन ।

९.प्रविधि एउटा ‘टूल’ मात्र हो

दिमागलाई सन्तुलित बनाइराख्नुहोस्, कहीँ कतै कमजोरी नछाड्नुहोस् । बच्चाहरु काम गरुन् र तपाईले तिनीहरुलाई प्रेरित गर्न सक्नुहोस् । यसका लागि टिचर(सिकाउने व्यक्ति) सही हुन आवश्यक हुन्छ, किनभने टेक्नोलोजी त केवल एउटा टूल मात्र हो ।

१०.अक्षमता नदोहोर्याउनू

कतिपय कुरा वास्तवमै आफैं हुन्छ । नत्र यसबाट समस्याहरु पनि बढ्न थाल्नेछन् । कुनै पनि विजिनेशमा प्रयोगमा ल्याइएको टेक्नोलोजीको पहिलो नियम यो हो कि जहाँ अटोमेसन लागू गरिएको छ, यसबाट कामकाजी क्षमता र गति बढ्न सक्नुपर्छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.