काठमाण्डौ । भारतमा सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान(एसआईपी)बन्द हुने दरमा भारी वृद्धि देखिएको छ । एशोसिएसन अफ म्युचुअल फण्ड इन इण्डिया(एएमएफआई)को ताजा आँकडाअनुसार जनवरी २०२५ मा एसआईपी बन्द हुनेदर १०९ प्रतिशत पुगेको छ । गत वर्ष भने यो दर ५२.३ प्रतिशत रहेको थियो ।
जनवरी २०२५ मा ५६.१९ लाख नयाँ एसआईपी सुरु भएको थियो । तर आँकडाअनुसार यो अवधिमा ६१.३३ लाख एसआईपी बन्द भएको छ । यसको अर्थ नयाँ एसआईपीको तुलनामा अधिक मात्रामा एसआईपीहरु बन्द भएका छन् । जुन चिन्ताजनक विषय भएको भारीतय मिडियाले लेखेका छन् । यसअघिका महिनाहरुमा भने नयाँ एसआईपीको संख्या बन्द हुने संख्याको तुलनामा अधिक हुने गर्दथ्यो । तर जनवरीमा यो ट्रेण्ड पुरै परिवर्तन भएको छ ।
गत वर्षको डिसेम्बर महिनामा ५४.२७ लाख नयाँ एसआईपी बजारमा आएका थिए भने ४४.९० लाख बन्द भएका थिए । त्यस्तै नोभेम्बर महिनामा ४९.४७ लाख नयाँ एसआईपी आउदा ३९.१४ लाख बन्द भएका थिए ।
विश्लेषकहरुले भारतमा एसआईपी बन्द हुनुको मुख्य कारण सेयर बजारमा गिरावट आउनु बताएका छन् । लगानीकर्ता सेयर बजारमा निरन्तरको गिरावटका कारण लगानी घट्दा आत्तिएको विश्लेषकले बताएका छन् । लगानीकर्ता आत्तिदा इ्रक्विटी क्लासबाट पछि हट्न थालेका छन् । उतार सुन र डेट फण्ड जस्ता अन्य एसेस्ट क्लास स्थिर र राम्रो रिर्टन दिईरहेका छन् ।
तथापी विज्ञहरुले एसआईपी बन्द गर्नुलाई उचित कदम नभएको बताएका छन् । कोरोना महामारीपश्चात बजार प्रवेश गरेका लागनीकर्ताले भारतीय बजारमा अहिलेको भारी गिरावट नदेखेको र यही कारण उनीहरु एसआईपी बन्द गर्न लागि परेको बताइएको छ । विज्ञहरुले दीर्घकालिन लक्ष्यका लागि इक्विटी फण्डमा लगानी गरिरहेको भए अहिलेको सेयर बजारको गिरावटको क्रममा एसआईपी जारी राख्नु नै बृद्धिमतापूर्ण हुने समेत बताएका छन् । बजार फेरी बढ्दा लगानीकर्ताको पोर्टफोलियो समेत बढ्ने उनीहरुको तर्क छ ।