काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिनमा नै २.६८ गुणा आवेदन परेको छ । कम्पनीले आजदेखि आम सर्वसाधरणहरुको लागि १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको थियो ।
सीडीएसीको तथ्यांक अनुसार यो आईपीओमा पहिलो दिनमा नै ४९ लाख ४५ हजार ८४० कित्ता सेयर माग भएको छ ।
कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको छ ।
यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गते हुनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।