काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओमा तेस्रो दिनसम्म ९.५५ गुणा बढी आवेदन परेको छ । सिडीएससीको तथ्यांक अनुसार तेस्रो दिनसम्ममा १३ लाख ५३ हजार ४२६ आवेदकबाट १ करोड ७६ लाख २९ हजार ३०० कित्ता सेयर माग भएको छ ।
कम्पनीले फागुन ११ गतेदेखि आम सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ जारी गरेको छ ।
कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।