शुक्रबार, असार १३,२०८२ 02:58:38
  • शुक्रबार, असार १३,२०८२ 02:58:38
Global IME Bank Limited

दुई बीमा कम्पनीको साधारण सभा आज, लाभांश पारित मुख्य प्रस्ताव

Hyundai Nepal
दुई बीमा कम्पनीको साधारण सभा आज, लाभांश पारित मुख्य प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा बीमा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज आइएमई लाइफ इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आयोजना हुन लागेको हो ।  

आइएमई लाइफ इन्स्योरेन्स  

कम्पनीको आठौं साधारण सभा धुम्बाराहीमा रहेको दियो महलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभाबाट आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी ५ अर्ब रुपैयाँको २१.०५२६४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै गत आवमा कम्पनीबाट सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु समेत पारि गरिनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धीत अनुसूचीहरु पारित गर्ने र चालु आवका लागि बाह्य लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । यसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कायम भएका सेयरधनीहरु मात्रै संस्थाको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २७ औं वार्षिक साधारण सभा काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा आयोजना हुँदैछ ।  

सभामा गत आवका लागि प्रस्तावित ९.७३६८ प्रतिशत नगद लाभांश(नगद लाभांशमा लाग्ने कर समेत) पारित गरिनेछ । यस्तै कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा नियमनकारी निकायबाट कुने फेरबदल गर्न निर्देशन आएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्चलाई अनुमोदन गरिनेछ ।  

यस्तै सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा स्वतन्त्र सञ्चालकको नियुक्तीलाई समेत अनुमोदन गरिनेछ ।  

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १२ एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ फागुन ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.