शुक्रबार, जेष्ठ १,२०८३ 08:01:47
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 08:01:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निर्जीवन बीमकहरुबाट ७५.८३% बीमा दाबी भुक्तानी हुन बाँकी, मुनाफा अझै प्रभावित हुन सक्ने

Laxmi Sunrise Bank Limited
निर्जीवन बीमकहरुबाट ७५.८३% बीमा दाबी भुक्तानी हुन बाँकी, मुनाफा अझै प्रभावित हुन सक्ने
Shivam Cement

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुमा साढे १२ अर्ब रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुन २१ गतेसम्ममा ठूला बीमक र लघुबीमक गरी कुल १८ निर्जीवन बीमा कम्पनीमा १२ अर्ब ६४ करोड ३२ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको हो ।  

गत असोज महिनाको दोस्रो सातादेखि परेको अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट धेरैको धन सम्पत्ति क्षति भएको थियो । प्राधिकरणले निर्जीवन बीमकहरुलाई क्षति मूल्यांकन गरी सक्दो चाँडो दाबी भुक्तानी दिन निर्देशन समेत दिइरहेको छ ।  

सो अवधिसम्म कम्पनीहरुले ३ अर्ब ५ करोड ६० लाख रुपैयाँ मात्रै बीमा दाबी भुक्तानी गरेका छन् । यो रकम दाबी परेको कुल रकमको जम्मा २४.१७ प्रतिशत रकम हो । बीमा कम्पनीहरुले यस आधारमा अझै ७५.८३ प्रतिशत दाबी भुक्तानी दिन बाँकी नै छ ।  

Bizshala
New Office
CG Motors

प्राधिकरणका अनुसार सो अवधिसम्म बीमा कम्पनीहरुबाट अझै पनि ९ अर्ब ५ करोड १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी हुन बाँकी रहेको छ । प्राधिकरणको निर्देशन बमोजिम बीमा कम्पनीहरुले फागुन २१ गतेसम्ममा ३ हजार ७२८ वटा दाबी परेकोमा २ हजार ४७८ वटा बीमाको दाबी भुक्तानी भएको हो । बीमा कम्पनीहरुले अझैपनि १ हजार २८९ वटा बीमा दाबीको भुक्तानी दिन बाँकी छ ।

बीमा कम्पनीहरुले बाढीले पुर्याएको क्षतिको मूल्यांकन गरी दाबी भुक्तानी दिनुपर्नेछ । यसआधारमा चालु आवको तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुको खुद मुनाफा अझै प्रभावित हुने देखिएको छ ।  

दोस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीको मुनाफा गत आवको तुलनामा आधा भन्दा बढी घटेको थियो । गत आवको दोस्रो त्रैमाससम्म ३ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएको निर्जीवन बीमकहरुले चालु आवको दोस्रो त्रैमाससम्म जम्मा १ अर्ब २५ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो । यसर्थमा गत आवको तुनलामा निर्जीवन बीमकहरुको नाफा ५९.३८ प्रतिशतले घटेको हो ।  

Garima Development Bank
Shivam Cement
IME remit

तेस्रो त्रैमाससम्म पुग्दा निर्जीवन बीमा कम्पनीहरुको नाफा अझै प्रभावित बन्न सक्ने प्रक्षेपण गर्न सकिन्छ । अझैपनि ७५ प्रतिशत बीमाको दाबी भुक्तानी दिन बाँकी नै भएकाले निर्जीवन बीमकहरुको नाफा घट्न सक्ने देखिन्छ ।  

निर्जीवन बीमा कम्पनीहरुले कम्पनीको जोखिमाङ्कन भार घटाउन पुनर्बीमा गराएपनि दाबीको पुरै रकम भने पुनर्बीमामार्फत कभर हुँदैन । यसकारण केही प्रतिशत नाफाको रकम भएपनि बीमकहरुले दाबी भुक्तानीमा खर्च गर्नुपर्ने हुन्छ ।

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.