काठमाण्डौ । भारतस्थित दिल्लीको प्रगति मैदानमा गत मार्च ४ देखि ८ सम्म साथ आयोजित भारतकै सबैभन्दा ठूलो ट्रेड फेयर ‘आहार’ हिजो मार्च ८ गते समापन भएको छ । उक्त ट्रेड फेयरमा पहिलो पटक नेपालबाट सहभागी काबरा ग्रुपले क्वालिटी फुड्स एण्ड स्न्याक्स प्रालि, क्वालिटी फुड्स नेपाल प्रालि र क्वालिटी नूडल्स इण्डष्ट्रिज प्रालिका लोकप्रिय उत्पादनहरू बिस्कुट, स्न्याक्स तथा नूडल्सहरू ‘आहार’ ट्रेड फेयरमा राखेको थियो ।
प्रगति मैदानमा आयोजित ‘आहार’ ट्रेड फेयरमा आकर्षक रुपमा सिंगारिएको स्टलमा प्रदर्शित बिस्कुट, नूडल्स तथा स्न्याक्सहरू अवलोकनकर्ताहरूको आकर्षणको केन्द्रमा रहेको कम्पनीले जनाएको छ ।
यस्तै केटाकेटीदेखि युवा र प्रौढदेखि बृद्धबृद्धासम्मलाई सुहाउदो बजार मूल्यमा नौलो स्वाद र आकर्षक प्याकेजिङका साथ प्रस्तुत गरेको ज्याकपट ब्राण्डका नूडल्स तथा स्न्याक्सहरूप्रति सर्वसाधारण देखि उद्योगी व्यवसायीहरूले अवलोकनको क्रममा देखाएको उत्सुकता, स्थानीय तथा तेश्रो मुलुकका व्यवसायीहरूको उत्साहजनक उपस्थितिका साथै व्यावसायिक सोधखोज, छलफल र अन्र्तकृया समेत सम्पन्न गर्न सफल भएको समेत कम्पनीले उल्लेख गरेको छ ।
सो ट्रेड फेयरमा भारतीय व्यवसायीहरूले प्रदेश र क्षेत्रगत सुपर डिष्ट्रिब्युटर्स, सोल डिष्ट्रिब्युटर्स र रिजनल डिष्ट्रिब्युटर्सको प्रस्तावनाहरू पेस गरेका छन् भने तेश्रो मुलुकबाट आएका व्यवसायीहरूले पनि डिष्ट्रिब्युटरका लागि आ—आफ्नो प्रस्तावहरू पेस गरेका छन् । ‘आहार’ ट्रेड फेयरमा प्राप्त भएकोयो सफलताले प्रोत्साहित काबरा ग्रुपले आउदो वर्षमा अनुमानित २०० करोड माथिको निर्यात गर्ने लक्ष्य राखेको छ ।
ग्रुपअन्तर्गतका बिस्कुट, स्न्याक्स तथा नूडल्स उद्योगहरू वर्तमानमा श्याम काबराका छोरा सिद्धार्थ काबरा र राजेश काबराका छोरा मिलिन्द काबराले सम्हालिरहेका छन् ।