आईतवार, आश्विन १८,२०८३ 11:27:25
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 11:27:25
Bizshala
Global IME Bank Limited

आइएमई लाइफका कर्मचारीको बोनस १९२.८९% ले बढ्यो, रु.९.३० करोड तलब वितरण

Bizshala
आइएमई लाइफका कर्मचारीको बोनस १९२.८९% ले बढ्यो, रु.९.३० करोड तलब वितरण
New Office

काठमाण्डौ । लगानीकर्तालाई नगद लाभांश मात्रै दिएको आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारी बोनस भने १९२.८९ प्रतिशत बढाएको छ । कम्पनीले गत आर्थिक वर्षमा ७ करोड १२ लाख रुपैयाँ कर्मचारीलाई बोनस बाँडेको छ ।  

यो रकम अघिल्लो आव २०७९/८० को तुलनामा झण्डै दुईसय प्रतिशत बढी हो । उक्त आवमा कम्पनीले २ करोड ४३ लाख रुपैयाँ मात्रै कर्मचारीलाई बोनस बाँडेको थियो ।  

त्यस्तै कर्मचारीको तलब भने १२.७४ प्रतिशत बृद्धि भएको छ । अघिल्लो आवमा ८ करोड २५ लाख रुपैयाँ तलब बाँडेको यस कम्पनीले गत आवमा ९ करोड ३० लाख रुपैयाँ तलब वितरण गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै कर्मचारीले पाउने भत्ता पनि १७.४१ प्रतिशत बढाएको छ । अघिल्लो आवमा कर्मचारीलाई भत्ता दिनका लागि कम्पनीले ६ करोड ६२ लाख रुपैयाँ खर्च गरेकोमा गत आवमा भने ७ करोड ७७ लाख रुपैयाँ खर्च गरेको छ ।  

यता चाडपर्वमा पाउने भत्ता पनि ६।०३ प्रतिशतले बढेको छ । कर्मचारीहरुले दशैं तिहार जस्ता चाडमा कम्पनीबाट भत्ता प्राप्त गर्ने गर्दछन् । यस्तो शीर्षकमा कम्पनीले १ करोड ९ लाख रुपैयाँ छुट्याएको छ । अघिल्लो आवमा भने कम्पनीले यस्तो शीर्षकमा १ करोड ३ लाख रुपैयाँ छुट्याएको थियो ।  

त्यस्तै, प्रोभिडेन्ड फण्डा तथा सामाजिक सुरक्षा कोषमा ९३ लाख, अन्य सुविधा (ग्रयाज्युइटि)शीर्षकमा ७७ लाख, विदा भत्ता वापत ३ करोड ६५ लाख, तालिम खर्चमा ४६ लाख, कर्मचारी ड्रेसमा १ करोड ११ लाख र स्टाफ इन्सेन्टिभ शीर्षकमा १५ लाख रुपैयाँ गरी कम्पनीले गत आवमा कर्मचारी सुविधाका लागि ३२ करोड ८ लाख रुपैयाँ खर्चेको छ ।  

यो रकम गत आवको तुलनामा ३९.१९ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले कर्मचारी सुविधाका लागि २३ करोड ४ लाख रुपैयाँ खर्च गरेको थियो ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.