काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले काठमाण्डौ कमलादीस्थित आफ्नै कार्यलय भवनमा ‘१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कोरियाबाट निराजन ढकालले जि मनिट्रान्समार्फत यहाँ सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउदा ‘१८ औं वर्षमा १८ गुणा,परिवारमा खुशीलाखौ गुणा’योजनाअन्तर्गत आफुले पठाएको रकमको १८ गुणा गरी रु ७ लाख ५४ हजार ३६२ जित्न सफल भएका थिए र सोही रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको छ ।
उक्त कार्यक्रममा नेपाली चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिती रहेको थियो ।
सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को सिटी पे वालेट टप अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत १ हजार ६२० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टपअप) , २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टिभी ) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट फोन ) जित्न सफल भईसकेका छन् ।
सोही कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ । हरेक बर्ष नयाँ–नयाँ विषयवस्तुलाई समावेश गरेर क्यालेन्डर प्रकाशन गर्ने सिटी एक्सप्रेसले यस वर्ष भने आर्थिक सम्वृद्धि बिषय वस्तुमा क्यालेन्डर तयार पारेको छ ।