शुक्रबार, मंसिर ५,२०८२ 06:44:12
IME remit
  • शुक्रबार, मंसिर ५,२०८२ 06:44:12
IME remit
Global IME Bank Limited

युनाइटेड अजोड इन्स्योरेन्सको २.५६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

Hyundai Nepal
युनाइटेड अजोड इन्स्योरेन्सको २.५६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
Shivam Cement

काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीका संस्थापक सेयरधनी सन्दिप खेतान,जुलि चाचान,महेन्द्र कुमार गोयल र ज्योति कुमार सरावगीको नाममा रहेको कुल २ लाख ५६ हजार ३१० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।  

सन्दिप खेतानको स्वामित्वमा रहेको ९९ हजार ४११ कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ,जुलि चाचानको स्वामित्वमा रहेको ४९ हजार ७०५ कित्ताको मूल्य पनि १८० रुपैयाँ, महेन्द्र कुमार गोयलको नाममा रहेको ८२ हजार ५९२ कित्ताको मूल्य १६३.९० र ज्योति कुमार सरावगीको नाममा रहेको २४ हजार ६०२ कित्ता सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १६३.५० रुपैयाँ निर्धारण गर्रिएको छ ।  

New Office
Garima Development Bank
Laxmi Sunrise Bank Limited

यो सेयर खरिदका लागि कम्पनीका जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि गत माघ ३० गते ३५ दिने सूचना जारी गरी यी सेयरहरु कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको थियो । तर निर्धारिमत समयभित्र कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।  

Shivam Cement
CG Motors
Muktinath Bikas Bank Limited

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनु पर्नेछ । यस्तो आवेदन काठमाण्डौको सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ । आवेदन दिदा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाउनु पर्ने कम्पनीले जनाएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.