यूनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओमा रिजाल नियुक्त
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रेना रिजाल नियुक्त भएकी छन् । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले माघ ५ गतेदेखि लागू हुनेगरी रिजाललाई निमित्त सीईओको जिम्मेवारी दिएको हो ।

