काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
युनाइटेड अजोड इन्स्योरेन्सको ४.२८५७ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
सो प्रतिशत दरको कुल ९ लाख ९० हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । योसँगै कम्पनीको कुल सूचीकृत सेयर संख्या २ करोड ६४ लाख कित्ता पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।