काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले यूनाइटेड अजोड इन्स्योरेन्सको ९२ हजार ३२० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
न्यूनतम मूल्य प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको यो सेयर खरिदका लागि माघ २ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सकिनेछ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलमा आईपुग्ने गरी आवेदन पेश गर्नु पर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।