बिहीबार, चैत्र ५,२०८२ 10:06:58
Bizshala
  • बिहीबार, चैत्र ५,२०८२ 10:06:58
Bizshala
Global IME Bank Limited

युनाइटेड अजोड इन्स्योरेन्सले चैत २६ गतेदेखि हकप्रद निष्कासन गर्ने

Hyundai Nepal
युनाइटेड अजोड इन्स्योरेन्सले चैत २६ गतेदेखि हकप्रद निष्कासन गर्ने
Shivam Cement

काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चैत २६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।  

कम्नपीले हाल कायम १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । जस अनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २३ करोड १० लाख रुपैयाँ बराबरको २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ गते बुकक्लोज गरेको थियो । यस अनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको हकप्रद सेयरमा २०८३ बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।  

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.