आईतवार, असार २९,२०८२ 03:03:58
  • आईतवार, असार २९,२०८२ 03:03:58
Global IME Bank Limited

यूनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश वितरणको प्रस्ताव पारित

Hyundai Nepal
यूनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश वितरणको प्रस्ताव पारित
Shivam Cement

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३० औंं वार्षिक साधारण सभा (मर्जर पछिको पहिलो साधारण सभा) सम्पन्न भएको छ ।  

कम्पनीको साधारण सभा फाल्गुन ६ गते अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सम्पन्न भएको हो ।  

उक्त  सभामा कम्पनीको हाल कायम चुक्तापूँजीको १०.२६१२ प्रतिशतले हुन आउने रकम १९ करोड ५४ लाख ३२ हजार रुपैयाँबराबरको बोनस सेयर र ०.५४०१ प्रतिशतका दरले हुन आउने १ करोड २ लाख ८५ हजार ८९४.७४ रुपैयाँबराबरको नगद लाभांश(कर प्रयोजनका लागि) पारित भएको छ ।  

यसैगरी नियमावलीमा संचालकको संख्या र कार्यकाल र नियुक्ती सम्बन्धमा आवश्यक संशोधन गर्न स्वीकृति प्रदान गरिएको छ । साथै सञ्चालक समितिको सदस्यहरुको निर्वाचन भई संस्थापक सेयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणव कुमार दास (प्रतिनिधि सि.जि. फुडस् नेपाल लिको तर्फबाट) र बलराम खनाल (प्रतिनिधि चौधरी ग्रुप प्रालिको तर्फबाट) निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण सेयरधनीतर्फ पानु दत्त पौडेल र शम्भु अधिकारी निर्विरोध रुपमा निर्वाचित भएका छन् ।  

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को साविक अजोड इन्स्योरेन्स लिमिटेड साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ ।  

यस्तै आर्थिक वर्ष २०८०/८१ का लागी बाह्य लेखापरीक्षक जेबि. राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरिएको छ ।  

साविकको यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए (मर्जर) पश्चात संयुक्त रुपमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट गत जेठ १४ गतेबाट एकीकृत कारोबार भएको थियो । मर्जरपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ कायम भएको थियो ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.