काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयरको बिक्री आवेदन खुलाएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १६ हजार ६५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य २०५ रुपैयाँ रहेको छ ।
इच्छुक संस्थापक सेयरधनीहरुले सुन्धारा काठमाण्डौको रहेको कम्पनीको प्रधान कार्यालयमा आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।