काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा कमल गौतम नियुक्त भएका छन् । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गौतमलाई आगामी चार वर्षका लागि सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
विगत तीन दशक भन्दा बढि समयदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका गौतमले त्रिभुवन विश्व विद्यालयबाट एमबीएसम्मको अध्ययन पुरा गरेका छन् । उनको कार्यानुभव तथा कार्य सम्पादनको मूल्याङ्कन गर्दै कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको जनाएको छ।
गौतम कम्पनीको प्रगति, सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट सम्भव हुने कुरामा विश्वास लिने तथा कर्मचारीको ‘टीम वर्कमा विश्वास गर्ने स्वभावको भएको कम्पनीले जनाएको छ । उनको प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिसँगै कम्पनी थप उचाईमा पुग्नेमा कम्पनी विश्वस्त रहेको छ ।