बिहीबार, बैशाख ३,२०८३ 01:14:28
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 01:14:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपालमा दिपलको एक वर्षः ८०० बढी कार सडकमा, ४ फयुचरिस्टिक मोडल सार्वजनिक, ९६ बढी चार्जिङ स्टेसन

Bizshala
नेपालमा दिपलको एक वर्षः ८०० बढी कार सडकमा, ४ फयुचरिस्टिक मोडल सार्वजनिक, ९६ बढी चार्जिङ स्टेसन
Shivam Cement

काठमाण्डौ । लक्जरी ईभी ब्रान्ड दिपलले आफ्नो पहिलो वर्ष उल्लेखनीय उपलब्धी र महत्वपूर्ण कोशेढुंगाहरु हासिल गरेर मनाएको छ ।  

नेपालमा सार्वजनिक गरेको एक वर्षमै दिपलले आठ सयभन्दा बढी ग्राहकको मन र विश्वास जितेर आफूलाई शीर्ष लक्जरी इभी ब्रान्डका रुपमा स्थापना गर्न सफल भएको छ । ग्राहकहरुको बेजोड साथ र सहयोगबाट एमएडब्लु वृद्धि अटोकर्पले दिपललाई ‘इलेक्ट्रिक मोबिलिटी र इनोभेसन’मा आफूलाई स्थापित गरेको हो ।  

पहिलो वर्ष दिपलले दिपल एस०७, दिपल एल०७, दिपल एस०७ एल र दिपल ई०७ गरी चार प्राविधिक रुपमा उच्च कोटीको इभी मोडेल सार्वजनिक गरेको छ । यी ईभीहरुमा उपलब्ध ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फर्स्ट’ फिचरहरुको माध्यमबाट दिपलले इभीबाट ग्राहकले गर्ने अपेक्षालाई पुन–परिभार्षित गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

एमएडब्लु वृद्धिले हाल नेपालका ९६ भन्दा बढी स्थानमा चार्जिङ स्टेसन सञ्चालन गर्दै आएको छ जुन नेपालकै सबैभन्दा ठूलो सञ्जाल हो । यसअवधिमा दिपलले नेपालका लोकप्रिय क्रिकेट आइकन तथा पूर्व कप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ‘ब्रान्ड एम्बास्डर’का बनाएको छ भने नीति शाह, सन्दिप क्षेत्री, प्रतिश जिसी, सुशान्त केसी, स्वेता खड्का, जोन चाम्लिंग राई जस्ता देशका ३० भन्दा चर्चित सेलिब्रिटी र खेलाडीले दिपललाई आफ्नो यात्राको साथी बनाएको छ ।

साथै, दिपलले क्रिकेट लेजेन्ड ब्रायन लारा र बलिउड गायक सोनु निगम जस्ता हस्तीहरुलाई पनि नेपाल ल्याएर ब्रान्डको उपस्थितिलाई माथि पुर्याउनुका साथै नेपाल पनि अन्तर्राष्ट्रिय सहकार्यका लागि गन्तव्य हुनसक्छ भन्ने देखाएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

सार्वजनिक भएको पहिलो वर्षमा एमएडब्लु वृद्धिले चांगान अटोबाट नेपालमा ‘इभी इनोभेसन’मार्फत ‘ग्रिन मोबिलिटी’मा योगदान पुर्याएको भन्दै ‘सांग्रिला न्यु इनर्जी अवार्ड‘ पाएको थियो । यसबाहेक ‘टेकलेख’ले दिपल एस०७ लाई ‘एसयुभी अफ द इयर २०२४’ बाट सम्मान गरेको थियो ।  

दोस्रो वर्षमा प्रवेश गरिरहँदा दिपल ब्रान्ड अझै धेरै आफ्नो ग्राहक, प्रविधि र नेपाललाई दीर्घकालिन तथा उत्साहजनक इलेक्ट्रिक भविष्यतिर डोर्याउन प्रतिबद्धता जाहेर गरेको छ । साथै, आफ्नो विश्वास, उत्साह र सहयोगमार्फत अद्वितीय दिपलको पहिलो वर्षलाई अद्वितीय बनाउन योगदान पुर्याउने सबै ग्राहक, डिलर, मिडिया, इन्फ्लुएन्सर र टिमप्रति आभार प्रकट गरेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.