मंगलवार, श्रावण १९,२०८३ 04:38:08
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:38:08
Bizshala
Global IME Bank Limited

लामो समयपछि काठमाण्डौमा वर्षा, वायु प्रदुषणबाट राहत मिल्ने अपेक्षा

लामो समयपछि काठमाण्डौमा वर्षा, वायु प्रदुषणबाट राहत मिल्ने अपेक्षा
New Office

काठमाण्डौ । काठमाण्डौमा बुधबार दिउँसो वर्षा भएको छ । लामो समयसम्म काठमाण्डौ उपत्यकामा वर्षा नभएको अवस्थामा आज वर्षा भएको हो ।  

काठमाण्डौ उपत्यकाको मौसम बिहानैदेखि बदली भएको छ।  

लामो समयदेखि वर्षा नहुँदा आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवा काठमाण्डौको वायुमण्डलमा थुप्रिएको थियो । जसका कारण काठमाण्डौ उपत्यकामा वायुको गुणस्तर खस्किदै गईरहेको थियो । अब वर्षासँगै वायु प्रदूषणमा सुधार आउने अपेक्षा गरिएको छ ।  

पछिल्लो समय काठमाण्डौ विश्वकै प्रदूषित शहरको सूचीमा रहँदै आएको छ । यहाँको वायुको गुणस्तर २५० एक्यूआईमाथि सम्म पुगेको थियो ।  

जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.