बिहीबार, श्रावण १४,२०८३ 06:34:55
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 06:34:55
Bizshala
Global IME Bank Limited

नेशनल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रुपैयाँसम्म प्रदान गरिने

नेशनल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रुपैयाँसम्म प्रदान गरिने
New Office

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०८०/८१ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।  

कम्पनीले जारी गरेको विभिन्न पोलिसीहरुमा प्रतिहजार न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले सावधिक जीवन बीमालेखअन्तर्गत ९ वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, १५ देखि २० वर्षका लागि ६४ रुपैयाँ, २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ, २६ देखि २९ वर्षका लागि ८५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि पनि ८५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।  

यसका साथै सावधिक तथा आजीवन बीमालेखअन्तर्गत ९ वर्ष अवधिको लागि ६४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मका लागि ६४ रुपैयाँ, १५ देखि २० वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्ष वर्षसम्म ७० रुपैयाँ, २६ देखि २९ वर्षसम्म ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि पनि ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै, अग्रिम भुक्तानी सावधिक बीमालेखअन्तर्गत ९ वर्ष अवधिसम्मका लागि ६३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६३ रुपैयाँ, १५ देखि २० वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, २१ वर्षबाट २५ वर्षसम्मको लागि ६४ रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्म ६४ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६४ रुपैयाँसम्म बोनसदर कायम निर्धारण गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.