सोमबार, श्रावण २५,२०८३ 11:03:51
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 11:03:51
Bizshala
Global IME Bank Limited

अमेरिकीले दायाँतर्फ र बेलायतीले बाँयातर्फ किन चलाउँछन् सवारी ? यस्तो छ रोचक कारण

अमेरिकीले दायाँतर्फ र बेलायतीले बाँयातर्फ किन चलाउँछन् सवारी ? यस्तो छ रोचक कारण
New Office

काठमाण्डौ । अमेरिका र बेलायतमा धेरै हदसम्म समान भाषा बोल्ने गरिन्छ । दुवै देशको समाजबीच समानता पनि पाइन्छन् । तर दुई देशको सवारी साधन चलाउने दिशा भने विपरीत रहेको छ ।  

अमेरीकीहरु दायाँतर्फ सवारी साधन चलाउने गर्छन भने बेलायतिहरु भने बायाँतर्फ चलाउने गर्छन । वास्तवमा विश्वका ७० प्रतिशत देशमा दायाँतर्फ सवारी चलाइने गरिन्छ भने ३० प्रतिशतमा बायाँतर्फ । यस्तो किन हुन्छ त ?

युरोपमा यसो हुनुमा भने नेपोलियन बोनापाटले मुख्य भुमिका खेलेका छन् । अमेरिकामा भने हेनेरी फोर्डलाई यसको श्रेय दिने गरिन्छ । तर यर्थाथमा यो गलत हो । यो प्रचलन हेनरी फोर्डभन्दा अघि देखिनै सुरु भएको देखिन्छ ।  

सन् १७०० को सुरुवाततिर अमेरिकामा चारपांग्रे कोनेस्टोजा वागेन्स(गाडाजस्तै) विकास भएको थियो । यसलाई सामान ओसार–पसार गर्नका लागि त्यहाँका स्थानिय सिकर्मीहरुले निर्माण गरेका थिए । यो गाडा कृषिजन्य सामाग्री तथा आदिवासी अमेरिकनबाट वस्तु विनिमय गरिएका सामाग्रीहरु फिलाडेल्फियाका बजारमा पुर्याउनका लागि प्रयोग गर्ने गरिन्थ्यो । त्यतिबेला कोलिनीहरुमध्ये फिलाडेल्फिया सबैभन्दा ठूलो सहर थियो । त्यो गाडा ‘लेजी बोर्ड’मा बसेर घोडाको सहायताले चलाइने गरिन्थ्यो । यदि बढी नियन्त्रण आवश्यक परेमा भने चालकले घोडा नजिक गएर लिभर र डोरी तान्ने गर्थ्यो ।  

चालकले घोडालाई‘गी’,‘हल’ वा घोडाले बुझ्ने अन्य शब्द प्रयोग गर्ने गर्थ्यो । अधिकांश मानिसहरु दाँयाहाते हुने गरेकाले कोनेस्टोगा वागेनको नियन्त्रण बाँयातर्फ हुने गर्थ्यो । जुन चालकको दाँया हाततर्फ नजिक पर्ने गर्थ्यो । यसको अर्थ चालक सडकको बीचतर्फ र वागेन(गाडा)दाँयातर्फ हुन्थ्यो ।  

यसबीचमा लानकास्टर काउन्टी,पेनस्लेभिया र फिलाडेल्फियाबीच ठूलो मात्रामा व्यापार र ट्राफिक हुन थाल्यो । त्यसपछि अमेरिकाको पहिलो मुख्य राजमार्ग निर्माण गरियो । फिलाडेल्फिया र लानकास्टर टर्नपाइक रोड सन् १९७९ मा खुला गरिएको थियो । एमजी वे ले लेखेको पुस्तक‘वेज् अफ द वल्ड’मा त्यसबेलाको नियमबारे उल्लेख गरिएको छ । नियममा कोनेस्टोजा जस्तै सबै लाई दाँयातर्फ रहन भनिएको थियो ।  

सन् १८०४ मा सबै ट्राफिकलाई सडक तथा राजमार्गको दाँयातर्फ बस्न निर्देशन दिने न्यूयोर्क पहिलो राज्य बनेको थियो ।  

सन् १९०८ मा फोर्ड मोटर कर्पले आफ्नो चर्चित मोडल टी रियल्लीमा दाँयातर्फ स्टेरिङ जडान गरेकाले केहि मानिसले हेनरी फोर्डलाई अमेरिकामा दाँयातर्फ सवारी चलाउने(ट्राफिक) व्यवस्था सुरु गरेको बताउने गर्छन । तर वास्तवमा हेनरीले पहिलेदेखि नै प्रचलनमा रहेको व्यवस्था अनुरुप स्ट्ररिङ दाँयातर्फ जडान गरेका मात्रै थिए ।  

म्याक्सी मिलेन रोबसपियरीको अधिनमा रहेको फ्रान्सको क्रान्तिकारी सरकारले १८ औं शताब्दीतिर सबैलाई दाँयातर्फ सवारी र गाडा चलाउन निर्देशन दिएका थिए । बाँयातर्फको सडक सांस्कृतिक चहलपहल,मालवस्तु राख्न र घोडा तथा घोडाले बोकेका वस्तु राख्न प्रयोग गर्ने गरिन्थ्यो । अर्को शब्दमा भन्नु पर्दा धनी वर्ग पैदलयात्रि र गरीब वर्गलाई दाँयातर्फ स्थान दिइएको थियो । ट्राफिकका लागि सहज हुने र सबै वर्गलाई समान व्यवहार देखाउन यस्तो गरिएको थियो ।  

यो फ्रान्सेली नीतिलाई नेपोलियन बोनापार्टले विस्तार गरेको मान्ने गरिन्छ । यसलाई पुष्टि गर्न सन् १८१२ को नेपोलियनको साम्राज्यको नक्सालाई हेर्न सकिन्छ । नेपोलियनले साम्राज्य विस्तार गरेका ठाउँ तथा देशहरुमा दाँयातर्फ ट्राफिक हुने गर्थ्यो ।  

यस्तोमा एउटा यस्तो देश छ, जुन सायद नेपोलियनको साम्राज्यको सदस्य भएको थिएन । त्यो हो स्वीडेन । स्वीडेनमा बाँयातर्फ सवारी चलाइने गरिन्थ्यो । तर सन् १९६७ देखि अचानक रुपमा चालकहरु दाँयातर्फ सरेका थिए ।  

बेलायतको कहानी भने फ्रान्सुको भन्दा भिन्न छ । इतिहासकारहरुका अनुसार बेलायतमा ढुवानीका साधनहरुको प्रकृति हेरेर सवारी चलाउने दिशाको निर्धारण भएको हो । त्यसबेला बेलयातमा थौरै मात्रामा व्यवसायिक गाडा थिए । त्सबेला बेलायतमा धेरै मात्रामा साना मालवस्त् बोक्ने गाडा र व्यक्तिगत घोडा चालकहरु थिए । अभिवादन गर्न तथा परिआएको बेला झगडा गर्न दाँया हातलाई भिडभाड भएको तर्फ पार्न घोडा चालकहरु सडकको बाँया भागतर्फ रहन रुचाउथे ।  -एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.