शनिबार, असार १४,२०८२ 07:11:52
  • शनिबार, असार १४,२०८२ 07:11:52
Global IME Bank Limited

अमेरिकीले दायाँतर्फ र बेलायतीले बाँयातर्फ किन चलाउँछन् सवारी ? यस्तो छ रोचक कारण

Hyundai Nepal
अमेरिकीले दायाँतर्फ र बेलायतीले बाँयातर्फ किन चलाउँछन् सवारी ? यस्तो छ रोचक कारण
Nabil Bank Limited

काठमाण्डौ । अमेरिका र बेलायतमा धेरै हदसम्म समान भाषा बोल्ने गरिन्छ । दुवै देशको समाजबीच समानता पनि पाइन्छन् । तर दुई देशको सवारी साधन चलाउने दिशा भने विपरीत रहेको छ ।  

अमेरीकीहरु दायाँतर्फ सवारी साधन चलाउने गर्छन भने बेलायतिहरु भने बायाँतर्फ चलाउने गर्छन । वास्तवमा विश्वका ७० प्रतिशत देशमा दायाँतर्फ सवारी चलाइने गरिन्छ भने ३० प्रतिशतमा बायाँतर्फ । यस्तो किन हुन्छ त ?

युरोपमा यसो हुनुमा भने नेपोलियन बोनापाटले मुख्य भुमिका खेलेका छन् । अमेरिकामा भने हेनेरी फोर्डलाई यसको श्रेय दिने गरिन्छ । तर यर्थाथमा यो गलत हो । यो प्रचलन हेनरी फोर्डभन्दा अघि देखिनै सुरु भएको देखिन्छ ।  

सन् १७०० को सुरुवाततिर अमेरिकामा चारपांग्रे कोनेस्टोजा वागेन्स(गाडाजस्तै) विकास भएको थियो । यसलाई सामान ओसार–पसार गर्नका लागि त्यहाँका स्थानिय सिकर्मीहरुले निर्माण गरेका थिए । यो गाडा कृषिजन्य सामाग्री तथा आदिवासी अमेरिकनबाट वस्तु विनिमय गरिएका सामाग्रीहरु फिलाडेल्फियाका बजारमा पुर्याउनका लागि प्रयोग गर्ने गरिन्थ्यो । त्यतिबेला कोलिनीहरुमध्ये फिलाडेल्फिया सबैभन्दा ठूलो सहर थियो । त्यो गाडा ‘लेजी बोर्ड’मा बसेर घोडाको सहायताले चलाइने गरिन्थ्यो । यदि बढी नियन्त्रण आवश्यक परेमा भने चालकले घोडा नजिक गएर लिभर र डोरी तान्ने गर्थ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited

चालकले घोडालाई‘गी’,‘हल’ वा घोडाले बुझ्ने अन्य शब्द प्रयोग गर्ने गर्थ्यो । अधिकांश मानिसहरु दाँयाहाते हुने गरेकाले कोनेस्टोगा वागेनको नियन्त्रण बाँयातर्फ हुने गर्थ्यो । जुन चालकको दाँया हाततर्फ नजिक पर्ने गर्थ्यो । यसको अर्थ चालक सडकको बीचतर्फ र वागेन(गाडा)दाँयातर्फ हुन्थ्यो ।  

यसबीचमा लानकास्टर काउन्टी,पेनस्लेभिया र फिलाडेल्फियाबीच ठूलो मात्रामा व्यापार र ट्राफिक हुन थाल्यो । त्यसपछि अमेरिकाको पहिलो मुख्य राजमार्ग निर्माण गरियो । फिलाडेल्फिया र लानकास्टर टर्नपाइक रोड सन् १९७९ मा खुला गरिएको थियो । एमजी वे ले लेखेको पुस्तक‘वेज् अफ द वल्ड’मा त्यसबेलाको नियमबारे उल्लेख गरिएको छ । नियममा कोनेस्टोजा जस्तै सबै लाई दाँयातर्फ रहन भनिएको थियो ।  

सन् १८०४ मा सबै ट्राफिकलाई सडक तथा राजमार्गको दाँयातर्फ बस्न निर्देशन दिने न्यूयोर्क पहिलो राज्य बनेको थियो ।  

सन् १९०८ मा फोर्ड मोटर कर्पले आफ्नो चर्चित मोडल टी रियल्लीमा दाँयातर्फ स्टेरिङ जडान गरेकाले केहि मानिसले हेनरी फोर्डलाई अमेरिकामा दाँयातर्फ सवारी चलाउने(ट्राफिक) व्यवस्था सुरु गरेको बताउने गर्छन । तर वास्तवमा हेनरीले पहिलेदेखि नै प्रचलनमा रहेको व्यवस्था अनुरुप स्ट्ररिङ दाँयातर्फ जडान गरेका मात्रै थिए ।  

म्याक्सी मिलेन रोबसपियरीको अधिनमा रहेको फ्रान्सको क्रान्तिकारी सरकारले १८ औं शताब्दीतिर सबैलाई दाँयातर्फ सवारी र गाडा चलाउन निर्देशन दिएका थिए । बाँयातर्फको सडक सांस्कृतिक चहलपहल,मालवस्तु राख्न र घोडा तथा घोडाले बोकेका वस्तु राख्न प्रयोग गर्ने गरिन्थ्यो । अर्को शब्दमा भन्नु पर्दा धनी वर्ग पैदलयात्रि र गरीब वर्गलाई दाँयातर्फ स्थान दिइएको थियो । ट्राफिकका लागि सहज हुने र सबै वर्गलाई समान व्यवहार देखाउन यस्तो गरिएको थियो ।  

यो फ्रान्सेली नीतिलाई नेपोलियन बोनापार्टले विस्तार गरेको मान्ने गरिन्छ । यसलाई पुष्टि गर्न सन् १८१२ को नेपोलियनको साम्राज्यको नक्सालाई हेर्न सकिन्छ । नेपोलियनले साम्राज्य विस्तार गरेका ठाउँ तथा देशहरुमा दाँयातर्फ ट्राफिक हुने गर्थ्यो ।  

यस्तोमा एउटा यस्तो देश छ, जुन सायद नेपोलियनको साम्राज्यको सदस्य भएको थिएन । त्यो हो स्वीडेन । स्वीडेनमा बाँयातर्फ सवारी चलाइने गरिन्थ्यो । तर सन् १९६७ देखि अचानक रुपमा चालकहरु दाँयातर्फ सरेका थिए ।  

बेलायतको कहानी भने फ्रान्सुको भन्दा भिन्न छ । इतिहासकारहरुका अनुसार बेलायतमा ढुवानीका साधनहरुको प्रकृति हेरेर सवारी चलाउने दिशाको निर्धारण भएको हो । त्यसबेला बेलयातमा थौरै मात्रामा व्यवसायिक गाडा थिए । त्सबेला बेलायतमा धेरै मात्रामा साना मालवस्त् बोक्ने गाडा र व्यक्तिगत घोडा चालकहरु थिए । अभिवादन गर्न तथा परिआएको बेला झगडा गर्न दाँया हातलाई भिडभाड भएको तर्फ पार्न घोडा चालकहरु सडकको बाँया भागतर्फ रहन रुचाउथे ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.