काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा बीमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाउने नीति बनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बीमा सेवालाई थप भरपर्दो बनाउने बताएका हुन् ।
साथै, आगामी आवमा भौतिक सम्पत्ति बीमा प्रबर्दन गर्दै बीमा सूचना केन्द्र कार्यान्वयमा ल्याइने राष्ट्रपति पौडेलले बताए । त्यस्तै, ग्रामित तथा निम्न आय वर्गलाई बीमालाई समेट्न बीमा साक्षरता कार्यक्रम समेत सञ्चालन गर्ने सरकारले नीति बनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।