काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर)आज खोलिने भएको छ ।
कम्पनीले लिलामीमा राखेको २ लाख २५ हजार २६१.३५ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल आज काठमाण्डौको नक्सालमा रहेको सानिमा क्यापिटलमा बिहान १० बजे खोलिने भएको हो ।
कम्पनीले गत वैशाख १२ गतेदेखि २१ गतेसम्म संस्थापक समूहतर्फको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख ८१ हजार ४८१.८३ कित्ता गरी कुल २ लाख २५ हजार २६१.३५ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको थियो ।
कम्पनीले गत फागुन ८ गतेदेखि १४ गतेसम्म १ः०.२५ अनुपातमा निष्कासन गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।