बुधबार, आश्विन २८,२०८३ 12:57:20
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 12:57:20
Bizshala
Global IME Bank Limited

प्रिमियममा आइपीओ बेचेका चार जीवन बीमा कम्पनी, कुन सूचकमा कुन तगडा ?

Bizshala
प्रिमियममा आइपीओ बेचेका चार जीवन बीमा कम्पनी, कुन सूचकमा कुन तगडा ?
New Office

काठमाण्डौ । प्रिमियममा आइपीओ ल्याएका चार जीवन बीमा कम्पनी सदाबहार चर्चामा रहने गर्दछन् । प्राथमिक सेयर निष्कासनमा सर्वसाधारणबाट अंकित मूल्य भन्दा थप रकम लिएकै कारण यी कम्पनीहरुको चर्चा सदैव हुने गरेको पाइन्छ ।  

आइएमई लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफले सर्वसाधारणहरुमा प्रिमियम मूल्यमा आईपीओ जारी गरेका थिए । दोस्रो बजारमा यी कम्पनीहरुको लाभांश, हकप्रदको विषयले गर्दा पनि सदैव चर्चा रहने गर्दछ ।  

सेयर कारोबारमा उक्त कम्पनीका स्टक चर्चामा रहेपनि लगानीकर्ताहरुले सेयर खरिद गर्नुअघि कम्पनीको आधारभुत पक्ष अर्थात् वित्तीय अवस्था बुझ्न जरुरी हुन्छ । यदि भर्खरै बजार प्रवेश गरेका नयाँ लगानीकर्ता अर्थात् पुरानै लगानीकर्ताले उक्त चार जीवन बीमा कम्पनीको सेयरमा लगानी गर्न चाहेमा ती कम्पनीहरुको वित्तीय अवस्थाको बारेमा जानकारी राख्नैपर्ने हुन्छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको आधारमा उक्त चार जीवन बीमा कम्पनीमध्ये कुन कम्पनी कुन सूचकमा अब्बल देखिएको छ, र वित्तीय सूचकका आधारमा कुन कम्पनीमा लगानी गर्दा कम जोखिम र फाइदा हुन सक्न भनेर तुलनात्मक विश्लेषण तयार पारेका छौं । तर यो अध्ययन कुनै कम्पनीको धितोपत्र खरिदका लागि सिफारिस गरिएको भने होइन ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

खुद नाफाको आधारमा  

खुद नाफा कम्पनीहरुको प्रमुख सूचक मानिन्छ । लगानीकर्ताले दोस्रो बजारमा लगानी गर्नुअघि आफुले लगानी गर्न लागेको कम्पनीले कति मुनाफा कमाईरहेको छ, त्यो थाहा पाउनु जरुरी हुन्छ । आर्जित मुनाफाबाट कम्पनीले सेयरधनीलाई लाभांश दिन सक्छ वा सक्दैन अनुमान लगाउन सकिन्छ । तेस्रो त्रैमाससम्म रिलायबल नेपाल लाइफले सर्वाधिक ४६ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

खुद बीमाशुल्क आर्जनको आधारमा  

बीमा कम्पनीहरुको लागि बीमा शुल्क आर्जन नै मुख्य व्यवसाय सूचक हो । लगानीकर्ताले आफुले लगानी गर्न लागेको कम्पनीको व्यवसाय अवस्था कस्तो छ बुझ्न आवश्यक हुन्छ । चालु आवको तेस्रो त्रैमाससम्ममा सिटिजन लाइफले ४ अर्ब ८१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।  

जीवन बीमा कोषको आधारमा  

बीमा कोष बीमकहरुको प्रमुख सूचक हो । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्षभरी आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम जीवन बीमा कोषका लागि छुट्याउनुपर्ने प्रावधान छ । बीमा कोष बलियो हुँदै जाँदा कम्पनीको जोखिम बहन गर्न सक्ने क्षमता बलियो भएको मान्न सकिन्छ । समिक्षा अवधिसम्म जीवन बीमा कोषमा सबैभन्दा धेरै सिटिजन लाइफको १८ अर्ब १० करोड रुपैयाँ संचित छ ।  

रिटेन्ड अर्निङ र महाविपत्ती कोषको आधारमा  

बीमा कम्पनीहरुले वित्तीय विवरणमा रिटेन्ड अर्निङ (संचित आम्दानी÷नाफा) र महाविपत्ती कोष सूचक छुट्याएका हुन्छन् । भविष्यमा हुन सक्ने जोखिम बहन गर्न वा दायित्व बहन गर्न बीमा कम्पनीले महाविपत्ती कोषको व्यवस्था गरेका हुन्छन् । यो कोषले विपत्तीको अवस्थामा कम्पनीले कति जोखिम गर्न सक्छ भन्ने निर्धारण हुन्छ । त्यस्तै, सेयरधनी वा कर्मचारी तथा बीमितलाई प्रतिफल बाँड्नका लागि बीमा कम्पनीले रिटेन्ड अर्निङ कोष छुट्याएका हुन्छन् । तेस्रो त्रैमाससम्म रिटेन्ड अर्निङमा रिलायबल नेपाल लाइफले १ अर्ब ११ करोड रुपैयाँ र महाविपत्ती कोषमा सबैभन्दा धेरै आइएमई लाइफले २२ करोड ९८ लाख रुपैयाँ छुट्याएको छ ।  

चुक्तापूँजीको आधारमा  

दोस्रो बजारमा लगानी गर्नुअघि आफुले लगानी गर्न लागेको कम्पनीको चुक्तापुँजी कति छ, त्यो बुझ्न जरुरी हुन्छ । चुक्तापूँजी बढी भएका कम्पनीको सेयर बजारमा सहजै खरिद गर्न पाउने भएकाले त्यस्ता कम्पनीको सेयर ह्वात्तै नबढ्ने चान्स बढी हुन्छ । चुक्तापुँजी कम भएका कम्पनीका सेयर भने खरिद बढ्न सक्ने हुनाले त्यस्ता कम्पनीको सेयर पनि उल्लेख्य बढ्न सक्ने सम्भावना बढी हुन्छ । चालु आवको तेस्रो त्रैमाससम्म सबैभन्दा कम चुक्तापूँजी सिटिजन लाइफको ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।  

खुद दाबी भुक्तानीको आधारमा  

बीमा कम्पनीहरुको लागि दाबी भुक्तानी सूचक महत्वपूर्ण सूचक हो । दाबी भुक्तानीको अवस्थाले कम्पनी बीमितमैत्री छ वा छैन थाहा पाउन सकिन्छ । सो अवधिसम्म सबैभन्दा धेरै दाबी भुक्तानी सिटिजन लाइफले ४ अर्ब ८५ करोड रुपैयाँ गरेको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

आम्दानीको आधारमा  

बीमा कम्पनीहरुको मुख्य आम्दानी भनेको बीमा शुल्क बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपको रुपमा राखिनु हो । कम्पनीहरुले ठूलो रकम बैैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा राखेका हुन्छन् । साथै सूचीकृत सेयर तथा सरकारी ऋणपत्र, हाइड्रोपावर कम्पनी जस्ता अन्य क्षेत्रमा पनि कम्पनीहरुले लगानी गरेका हुन्छन् । चालु आवको तेस्रो त्रैमाससम्म सबैभन्दा बढी सिटिजन लाइफले ६ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको छ ।  

प्रतिसेयर आम्दानीका आधारमा  

धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) कति छ बुझ्न जरुरी हुन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । वित्तीय विवरणअनुसार सबैभन्दा बढी इपीएस रिलायबल नेपाल लाइफको १३.३८ रुपैयाँ छ ।    

प्रतिसेयर नेटवर्थको आधारमा  

प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) पनि प्रमुख सूचक मानिन्छ । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा बृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ बृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ । रिर्पोटअनुसार सबैभन्दा बढी रिलायबल नेपाल लाइफको १६७।९७ रुपैयाँ छ ।  

पीई रेसियोको आधारमा  

मूल्य आम्दानी अनुपात (पीई रेसियो) सेयर लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ । यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने देखाउँछ । यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । पीई रेसियो धेरै भएमा सिद्धान्तको आधारमा राम्रो मानिदैन । तेस्रो त्रैमाससम्म सबैभन्दा कम पीई रेसियो रिलायबल नेपाल लाइफको ३९.८८ गुणा रहेको छ ।

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.