शनिबार, श्रावण २३,२०८३ 08:23:04
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 08:23:04
Bizshala
Global IME Bank Limited

निर्जीवन बीमा कम्पनीहरुको रिटेन्ड अर्निङ रु.५.९२ अर्ब, कुनको कति ?

निर्जीवन बीमा कम्पनीहरुको रिटेन्ड अर्निङ रु.५.९२ अर्ब, कुनको कति ?
New Office

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले रिटेन्ड अर्निङवापत झण्डै ६ अर्ब रुपैयाँ सञ्चित गरेका छन् । नेप्सेमा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५ अर्ब ९२ करोड २३ लाख रुपैयाँ रिटेन्ड अर्निङवापत सञ्चित गरेका हुन् ।  

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २.०४ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले रिटेन्ड अर्निङमा ६ अर्ब ४ करोड ५४ लाख रुपैयाँ छुट्याएका थिए ।  

बीमा कम्पनीहरुले सेयरधनीलाई लाभांश बाँडिसकेपछि बाँकी बचत रकम वा लाभांश नबाँडिकन बचत गरिएको रकम नै रिटेन्ड अर्निङ हो ।  

कम्पनीले भविष्यको विस्तार, ऋण भुक्तानी वा आपतकालीन अवस्थामा प्रयोग गर्न यस्तो रकम सञ्चित गरि राखिएको हुन्छ । बीमा कम्पनीहरुले आफ्नो ब्यालेन्स सिटको ‘सेयरहोल्डर्स इक्विटी’ अन्तर्गत यस्तो रकम छुट्याएको हुन्छ ।  

जस्तै, बीमा कम्पनीले एक वर्षमा १० करोड रुपैयाँ नाफा कमाउँछ र त्यसमध्येबाट ४ करोड रुपैयाँ सेयरधनीलाई बाँड्नका लागि छुट्याउँछ भने बाँकी रहेको ६ करोड रुपैयाँ कम्पनीको लागि रिटेन्ड अर्निङ हो । कुनै–कुनै कम्पनीले सेयधरनीहरुलाई सो वर्ष लाभांश नबाँडिकन सबै रकम रिटेन्ड अर्निङमार्फत पनि सञ्चित गर्न सक्दछ ।  

सूचीकृत १२ निर्जीवन बीमा कम्पनीमध्ये सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले हालसम्म सेयरधनीहरुलाई कुनै लाभांश दिएको छैन, जसकारण तेस्रो त्रैमाससम्म पनि कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब ४६ करोड भन्दा बढी छ ।  

बीमा कम्पनीहरुले प्रत्येक त्रैमाससम्म आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम रिटेन्ड अर्निङमा छुट्याएका हुन्छन् । आर्जित खुद मुनाफाको केही प्रतिशत रकम सेयरधनीलाई बाँड्न र बाँकी रहेको रकम रिटेन्ड अर्निङका लागि छुट्याइएको हुन्छ । यस्तो रकम भविष्यमा जोखिम कभर गर्न वा दाबी भुक्तानी दिन र व्यवसाय विस्तार गर्ने प्रयोजनका लागि कम्पनीहरुले सञ्चित गरेको हुन्छ ।  

बीमा कम्पनीहरुले ठूलो संख्यामा बीमा दाबी भुक्तानी दिनुपर्ने हुन सक्छ । जसकारण बीमकहरुले प्रिमियमबाट संकलन गरिएको केही रकमको हिस्सा रिजर्भमा राख्छन् र बाँकी रकम लगानीमार्फत आम्दानी गरेर नाफा आर्जन गर्छन् । जसलाई कम्पनीहरुले केही हिस्सा रकम रिटेन्ड अर्निङको रुपमा राखेर भविष्यको वित्तीय सुरक्षा सुनिश्चित गरेका हुन्छन् ।  

चालु आवको तेस्रो त्रैमाससम्म सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीले रिटेन्ड अर्निङवापत २ अर्ब ४६ करोड २५ लाख रुपैयाँ सञ्चित गरेको छ ।  

त्यस्तै, सिद्धार्थ प्रिमियरले ६८ करोड ४८ लाख, नेको इन्स्योरेन्सले ६७ करोड ६१ लाख, प्रभु इन्स्योरेन्सले २९ करोड १ लाख, सानिमा जिआइसीले २८ करोड ९६ लाख, हिमालयन एभरेष्टले २४ करोड ५ लाख, युनाइटेड अजोडले १६ करोड ५८ लाख, शिखरले १६ करोड २३ लाख, आइजीआई प्रुडेन्सियलले १२ करोड ५२ लाख, एनएलजीले ११ करोड १६ लाख र नेपाल इन्स्योरेन्सले ८ करोड ७१ लाख रुपैयाँ सञ्चित गरेको छ ।

 

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.