शुक्रबार, जेष्ठ १,२०८३ 08:50:23
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 08:50:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हिमालयन र नेपाल रि इन्स्योरेन्सको विभिन्न क्षेत्रमा रु.४०.८६ अर्ब लगानी, सेयरबजारमा जम्मा ६%

Laxmi Sunrise Bank Limited
हिमालयन र नेपाल रि इन्स्योरेन्सको विभिन्न क्षेत्रमा रु.४०.८६ अर्ब लगानी, सेयरबजारमा जम्मा ६%
Shivam Cement

काठमाण्डौ । पुनर्बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा करिब ४१ अर्ब रुपैयाँ लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हिमालयन रि इन्स्योरेन्स र नेपाल रि इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमाससम्म विभिन्न क्षेत्रमा ४० अर्ब ८६ करोड ७४ लाख रुपैयाँ लगानी गरेका हुन् ।  

जसमा नेपाल रि इन्स्योरेन्सको क्षेत्रगत लगानी २२ अर्ब २८ करोड रहेको छ भने हिमालयन रि इन्स्योरेन्सको १८ अर्ब ५८ करोड रहेको छ ।  

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई लगानी विविधिकरण गर्न निर्देशन दिदै आइरहेको छ । सोहीबमोजिम नै जीवन र निर्जीवन बीमा कम्पनीहरुले लगानी विविधिकरण गर्नका लागि विभिन्न क्षेत्रमा लगानी गर्न थालेका छन् ।  

Bizshala
New Office
CG Motors

तर यता दुई पुनर्बीमा कम्पनीको ७१.८६ प्रतिशत लगानी भने बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा नै सीमित देखिएको छ । तेस्रो त्रैमाससम्म दुई पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा मात्रै २९ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ लगानी गरेका छन् भने बाँकी २८ प्रतिशत रकम मात्रै सेयरबजार, म्युचुअल फण्ड र अन्य संस्थापक सेयरमा लगानी गरेका छन् ।  

बीमकको लगानी निर्देशिका बमोजिम पुनर्बीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत रकम वाणिज्य बैंक, विकास बैंक र पूर्वाधिक विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्न पाउने व्यवस्था छ भने ग वर्गको वित्तीय संस्थामा ५ प्रतिशत मात्रै लगानी गर्न पाइने व्यवस्था छ ।  

कुल लगानीको २० प्रतिशतसम्म लगानी गर्न पाइने सरकारको बचतपत्र वा ऋणपत्रमा पुनर्बीमा कम्पनीहरुको कुल ३० करोड लगानी रहेको छ । यो लगानी नेपाल रि इन्स्योरेन्सको मात्रै हो । हिमालयन रि को यस्तो क्षेत्रमा लगानी शुन्य छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

त्यस्तै, सूचीकृत पब्लिक कम्पनीको सेयर अर्थात् सेयरबजारमा दुई पुनर्बीमाको कुल २ अर्ब ४५ करोड रुपैयाँ लगानी रहेको छ । यो लगानी कुल लगानीको जम्मा ६ प्रतिशत लगानी हो । जसमा नेपाल रि इन्स्योरेन्सको सेयरबजारमा ९ करोड ४७ लाख रुपैयाँ मात्रै लगानी छ भने हिमालयन रि इन्स्योरेन्सको २ अर्ब ३६ करोड १० लाख रुपैयाँ रहेको छ ।  

पुनर्बीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत रकम सेयरबजारमा लागनी गर्न पाउने व्यवस्था छ । तर रि इन्स्योरेन्स कम्पनीहरुको सेयरबजारमा लगानी त्यति ग्रोथ देखिएको छैन ।  

त्यस्तै, इन्भेष्टमेन्ट कम्पनीको सेयष्रमा ९० करोड, नागरिक लगानी कोष र म्युचुअल फण्डमा ९ करोड ९ लाख, अन्य संस्थापक सेयरमा ९७ करोड ६२ लाख, सूचीकृत नभएको पब्लिक कम्पनीको सेयरमा ५० करोड ७२ लाख र अन्य लगानी ७५ करोड रुपैयाँ रहेको छ ।

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.