शुक्रबार, जेष्ठ १,२०८३ 08:50:24
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 08:50:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयरबजारमा बीमा कम्पनीहरुको रु.३८.८१ अर्ब लगानी, ९३.४३% ले वृद्धि

Laxmi Sunrise Bank Limited
सेयरबजारमा बीमा कम्पनीहरुको रु.३८.८१ अर्ब लगानी, ९३.४३% ले वृद्धि
Shivam Cement

काठमाण्डौ । सेयरबजारमा बीमा कम्पनीहरुको पौने ३९ अर्ब रुपैयाँ लगानी रहेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २८ बीमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ३८ अर्ब ८१ करोड २२ लाख रुपैयाँ लगानी गरेका छन् ।  

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ९३.४३ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म बीमा कम्पनीहरुको सेयरबजारमा २० अर्ब ६ करोड ४९ लाख रुपैयाँ मात्रै लगानी रहेको थियो ।  

सेयरबजारमा उतारचढाव देखिएपनि बीमा कम्पनीहरु लगानी गर्न सेयरबजारतर्फ सिफ्ट भएको देखिएको छ । बीमा कम्पनीहरुले ८० प्रतिशतभन्दा बढी रकम बैंकको मुद्दती निक्षेपमा राख्दै आइरहेकोमा मुद्दतीको ब्याजदर घटेपछि सेयरबजारतर्फ लगानी गर्न केन्द्रीत भएको देखिएको हो ।  

Bizshala
New Office
CG Motors

बीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत रकम सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था छ । साथै लगानी निर्देशिका बमोजिम बीमकले सूचीकृत पब्लिक कम्पनीको कायम चुक्तापूँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । यो व्यवस्थाले पनि बीमा कम्पनीहरुको यो क्षेत्रमा लगानी बढ्न पुगेको हो ।  

सेयरबजारमा २८ बीमा कम्पनीको लगानी रहेकोमा गत आवको तुलनामा ६ कम्पनीको मात्रै यस्तो लगानी घटेको छ भने बाँकी सबै कम्पनीले आक्रामक रुपमा बढाएका छन् । बजारमा बीमकहरुको शतप्रतिशत लगानी थपिँदा बजारले लय समात्स सक्ने बजार जानकारहरु बताउँछन् ।  

सेयरबजारमा लगानी थप्न निर्जीवन भन्दा जीवन बीमा कम्पनीहरु एग्रेसिभ देखिएका छन् । जीवन बीमकहरुले गत आवको तुलनामा ११९।०८ प्रतिशतले लगानी थपेका छन् । गत आवको तेस्रो त्रैमाससम्म सेयरबजारमा १५ अर्ब ९ करोड रुपैयाँ मात्रै लगानी रहेकोमा चालु आवको यस अवधिसम्म ३३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । यो क्षेत्रमा लगानी गरेका १३ वटै जीवन बीमा कम्पनीले लगानी बढाएका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

सबैभन्दा बढी सिटिजन लाइफले ५२३.८१ प्रतिशतले लगानी थपेको छ । त्यस्तै, हिमालयन लाइफले २७५.५३ प्रतिशत र सूर्यज्योति लाइफले २१९.५३ प्रतिशतले लगानी बढाएका छन् ।  

यता निर्जीवन बीमा कम्पनीहरुतर्फ भने यस्तो लगानी ३०.८६ प्रतिशत मात्रै बृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाससम्म ३ अर्ब ४७ करोड रुपैयाँ लगानी रहेकोमा चालु आवको तेस्रो त्रैमाससम्म ४ अर्ब ५४ करोड रुपैयाँ मात्रै पुगेको छ ।  

सो अवधिसम्म आइपुग्दा ५ निर्जीवन बीमकको यस्तो लगानी घटेको छ  भने ७ वटाको बढेको छ । लगानी घट्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ प्रिमियर, सगरमाथा लुम्बिनी, प्रभु इन्स्योरेन्स र युनाइटेड अजोड रहेका छन् । सेयरबजारमा सबैभन्दा लगानी बढाउने कम्पनीमा भने एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको यस्तो क्षेत्रमा लगानी ५८३.२९ प्रतिशतले बृद्धि भएको छ ।  

त्यस्तै, पुनर्बीमातर्फ नेपाल रि इन्स्योरेन्सको सेयरबजारमा लगानी ८३.९२ प्रतिशत घटेको छ भने हिमालयन रि इन्स्योरेन्सको भने २०.४७ प्रतिशत बढेको छ । यता लघुबीमातर्फ भने लिबर्टी माइक्रो लाइफले मात्रै लगानी गरेको छ । कम्पनीको यो क्षेत्रमा लगानी १२२.४३ प्रतिशत बढेको छ ।

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.