काठमाण्डौ । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको सञ्चालक समिति पुनर्गठन भएको छ । जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकमा छलफल भई जम्मा ११ जना सञ्चालक रहेको सञ्चालक समिति पुनर्गठन गर्ने निर्णय भएको हो ।
जसअन्तर्गत संस्थापक समूहबाट ५ जना(नेपाल विद्युत प्राधिकरणबाट ४ जना र नेपाल टेलिकमबाट १ जनासहित)सर्वसाधारण समूहबाट १ जना महिलासहित ४ जना र स्वतन्त्र सञ्चालक २ जना गरी जम्मा ११ जना सञ्चालकहरु रहेको सञ्चालक समिति पुनर्गठन भएको छ ।
सञ्चालक समितिको अध्यक्षमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देब शाक्य अध्यक्ष रहेका छन् । यस्तै अन्य सञ्चालकमा संगिता पहाडी अर्याल, मदन तिम्सिना, फणिन्द्रराज जोशी, राजन ऋषी कंडेल, सृजना सुवेदी, राजन श्रेष्ठ, हरि प्रसाद भुर्तेल र दिपक कार्की रहेका छन् ।