शुक्रबार, श्रावण २२,२०८३ 05:35:03
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 05:35:03
Bizshala
Global IME Bank Limited

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन वित्त प्रमुख वेदप्रकाश सिंह पक्राउ

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन वित्त प्रमुख वेदप्रकाश सिंह पक्राउ
New Office

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परेका छन् । ठकुरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कर्णाली विकास बैंक घोटाला प्रकरणमा पक्राउ गरेको हो ।  

यो बैंकको घोटाला प्रकरणमा प्रक्राउ पर्ने उनी दोस्रो व्यक्ति हुन् । यसअघि प्रहरीले यही प्रकरणमा बैंकका  संस्थापक अध्यक्ष तथा सीईओ राजेन्द्रवीर राय पक्राउ गरेको थियो ।  

नेपालगञ्जबाट पक्राउ परेका ठकुरीमाथि प्रहरीले बैंकको रकम हिनामिना प्रकरणमा अनुसन्धान अघि बढाएको छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको बैंकका पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान सीईओ र पूर्ववित्त विभाग प्रमुखको मिलेमतोमा उक्त रकम अपचलन भएको तथ्य बाहिरिएको थियो ।  

सेवाग्रहीहरुको बचत फिर्ता गर्न नसकिएका कारणहरु अध्ययन गर्न, बैंकको आर्थिक अवस्था विश्लेषण गर्न तथा आर्थिक हिनामिना भएको वा नभएको यथार्थ अवस्था विश्लेषण गर्न गत पुस ५ गते पाँच सदस्यीय विशेष छानविन समिति गठन भएको थियो ।  

डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठन भएको उक्त समितिले विभिन्न बैंकको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई विगत केही वर्ष देखी अपचलनलाई लुकाइएको जनाएको थियो । यो बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.