काठमाण्डौ । अमेरिकी मुद्रा डलरले धेरै दशकदेखि विश्वमा शासन गर्दै आएको छ। तर पछिल्ला वर्षहरूमा यसको प्रभाव घटेको छ। यो वर्ष डलरको अवस्था झन कमजोर बन्दै गएको छ । वर्षको पहिलो ६ महिनामा डलर सूचकांक १०.८ प्रतिशतले घटेको छ ।
सन् १९७३ मा सुन ब्रेटन वुड्स प्रणालीको अन्त्य भएयता डलरको यो सबैभन्दा खराब प्रदर्शन हो। यो प्रणाली सन् १९४४ मा सिर्जना गरिएको थियो। यसमा सुनलाई डलर र स्थिर विनिमय दरको आधार बनाइएको थियो। यो २००९ यता ६ महिनामा डलरको लागि सबैभन्दा खराब प्रदर्शन हो। साथै, ब्लूमबर्ग डलर स्पट इन्डेक्स लगातार छैटौं महिनामा घटेको छ। यसअघि आठ वर्षअघि यो परिसूचक यति लामो अवधिमा ओरालो लागेको थियो ।
यस वर्ष अमेरिकी डलर स्विस फ्र्यांकको तुलनामा १४.४ प्रतिशत, युरोको तुलनामा १३.४ प्रतिशत, जापानी येनको तुलनामा १०.५ प्रतिशत र पाउण्डको तुलनामा ९.६ प्रतिशतले घटेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धि, देशको घाटा खर्च संकट र फेडमाथि ब्याज कटौतीको दबाबका कारण लगानीकर्ताहरू डलरप्रति निराश भएका छन् । यही कारण अमेरिकी डलर बियर मार्केट टेरोटरीको नजिक पुगेको छ। हालैका वर्षहरूमा धेरै देशहरूले डलरको अंश घटाएका छन् र उनीहरूको विदेशी मुद्रा भण्डारमा सुनको अंश बढाएका छन्। सन् २०२५ को दोस्रो त्रैमासिकमा ग्लोबल रिजर्भमा सुनको हिस्सा २३ प्रतिशत पुगेको छ, जुन ३० वर्षयताकै उच्च हो।
पछिल्लो ६ वर्षमा विश्वको सञ्चितिमा सुनको अंश दोब्बर भएको छ । चीन, टर्किए, भारत र पोल्याण्ड लगायत विश्वका धेरै देशका केन्द्रीय बैंकहरुले तिब्र गतिमा सुनको भण्डार बढाइरहेका छन् । चीनको केन्द्रीय बैंकले मे महिनामा लगातार सातौं महिना सुन खरिद गरेको थियो।
यति मात्र होइन, चीनले आफ्ना नागरिकलाई सुनको भण्डार बढाउन पनि प्रोत्साहन गरिरहेको छ । वर्षको दोस्रो त्रैमासिकमा विश्वव्यापी सञ्चितिमा अमेरिकी डलरको अंश १० प्रतिशत बिन्दुले घटेर ४४ प्रतिशतमा पुगेको छ जुन सन् १९९३ यताकै न्यून हो ।