बुधबार, असार १०,२०८३ 05:48:10
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:48:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डबल आईजीन कार्यान्वयनमा ढिलाइ नगर्न लगानीकर्ताको दबाब, जवाफमा अर्थमन्त्रीले के भने ?

Laxmi Sunrise Bank Limited
डबल आईजीन कार्यान्वयनमा ढिलाइ नगर्न लगानीकर्ताको दबाब, जवाफमा अर्थमन्त्रीले के भने ?

काठमाण्डौ । नेपालका पाँचवटा प्रमुख लगानीकर्ता संघ-संस्थाले अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग भेट गर्दै डबल आईजीन प्रणाली’ कार्यान्वयनमा भइरहेको ढिलासुस्ती तुरुन्त अन्त्य गर्न माग गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

भेटका क्रममा प्रतिनिधिहरूले पूँजी बजारमा देखिएका चुनौती, नियामक निकायबीचको असमञ्जस र कार्यान्वयनको ढिलाइबारे मन्त्रीलाई विस्तृत जानकारी दिँदै लिखित ज्ञापनपत्र समेत बुझाए।

उनीहरूले "पूँजी बजार सुधार सुझाव कार्यदल" ले दिएको प्रतिवेदनका बुँदाहरू अझै पूर्ण रूपमा लागू नभएको र त्यसले लगानीकर्तामाझ भ्रम र अन्योल बढाएको बताए।

लगानीकर्ता संघ-संस्थाहरूले पूँजी बजारमा तत्काल सुधार गर्नुपर्ने केही बुँदाहरू उठाएका छन्:

-‘Double ISIN प्रणाली’ कार्यान्वयनमा सेबोनको ढिलासुस्ती अन्त्य गर्न आग्रह।

-नेप्से र धितोपत्र बोर्डबीचको विवाद र हडतालले बजार सञ्चालनमा पारेको नकारात्मक असर तुरुन्त समाधान गर्न माग।

-संस्थापक सेयरहरूलाई लकइन अवधि सकिएलगत्तै सामूहिक रूपमा बिक्री गर्न रोक्दै चरणबद्ध बिक्री नीति लागू गर्न प्रस्ताव।

-TMS र CDSC प्रणालीमा देखिएका प्राविधिक समस्या उच्च प्राथमिकताका साथ समाधान गर्न जोड।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अर्थमन्त्री रामेश्वर प्रसाद खनालले लगानीकर्ता संघसंस्थाले उठाएका विषयहरूलाई गम्भीर रूपमा लिँदै तत्काल समन्वय र आवश्यक निर्देशन दिने प्रतिबद्धता जनाएका छन्।

सो क्रममा उनले भने-“सबल पूँजीबजार हामी सबैको साझा प्रयासबाट मात्र सम्भव छ।”

मन्त्रीले लगानीकर्ताका सुझावहरूलाई रचनात्मक रूपमा अघि बढाउन आग्रह गर्दै पूँजी बजार सुधारका लागि अर्थ मन्त्रालय पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको बताए।

भेटवार्तामा सहभागी पाँचै लगानीकर्ता संघ-संस्थाहरूले अर्थमन्त्रीबाट प्राप्त सकारात्मक संकेत र तत्काल पहल गर्ने प्रतिबद्धताप्रति सन्तोष व्यक्त गर्दै छलफललाई सौहार्दपूर्ण रूपमा सम्पन्न भएको जनाएका छन्।

भेटमा नेपाल शेयर धनी संघ, जनरल इन्भेस्टर एसोसिएसन, साधारण लगानीकर्ता संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, नेपाल शेयर बजार लगानीकर्ता संघका पदाधिकारी/प्रतिनिधिहरुको सहभागिता थियो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.