बिहीबार, बैशाख १७,२०८३ 08:07:02
Bizshala
  • बिहीबार, बैशाख १७,२०८३ 08:07:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

Bizshala
थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा
Shivam Cement

काठमाण्डौ । थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ।   

यस विमानले असोज १ गतेदेखि काठमाण्डौ । –बैंकक मार्गमा थ्री-क्लास सुविधासहित सेवा दिन थालेको हो। यो रणनीतिक सुधारले नेपालको बजारमा पहिलो पटक प्रिमियम इकोनोमी प्लस, प्रिमियम इकोनोमी तथा इकोनोमी वर्गको विकल्प दिएको हो। जसले उडान भर्दै आएको बोइङ ७७७(Boeing-777) अपरेसनलाई प्रतिस्थापन गरेको कम्पनीले जनाएको छ । 

नेपालको यात्रु सेवा र अनुभवलाई अझै परिस्कृत बनाउन सधैं प्रतिबद्ध रहेको थाइ एयरवेजले जनाएको छ। बैंकक र नेपालबीच यात्रुहरूलाई उच्चस्तरीय आरामदायी सुविधा 'Smooth as Silk' सहितको सेवा प्रदान गरिरहेको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कार्तिक ९ देखि थाइ एयरवेज इन्टरनेशनलले Airbus A330‑300 दैनिक दुई पटक काठमाण्डौमा उडान भर्दै आइरहेको छ।

नयाँ Airbus A330-300 विमानमा कुल २६४ यात्रु राख्ने गरी तीन प्रकारका सेवा दिन थालिसकेको छ,  जुन विविध यात्रुको प्राथमिकता तथा आवश्यकताहरु पूरा गर्न डिजाइन गरिएको हो।

प्रिमियम इकनोमी प्लस वर्ग : ३१ वटा प्रिमियम सीटहरु जसमा पूर्ण फ्ल्याट बेडहरु, प्रत्यक्ष आईसल पहुँच, र अधिक निजी वातावरण उपलब्ध छन्। लामो उडानका लागि एक अनुपम स्तरको आरामदायी अनुभव प्रदान गरिरहेको छ।

प्रिमियम इकनोमी वर्ग : ४८ वटा ठूला आरामदायी सिट, खानाको विशेष सेवा तथा प्राथमिकतासँगै बोर्डिङ सुविधासहित इकनोमी र बिजनेसक्लासबीचको अन्तरलाई पूर्ति गर्ने नयाँ क्याबिनको समेत विकल्प छ।

CG Motors
Garima Development Bank
IME remit

इकोनोमी वर्ग : कुल १८५ आरामदायी सीटहरु छन्। जसमा आधुनिक मनोरञ्जन प्रणाली, निःशुल्क खानाको सुविधा र चौकस केबिन कर्मचारी सेवाहरू उपलब्ध छन्। जुन यस एयरलाइन्सलाई क्षेत्रभरिका यात्रुहरुले रोजाइको विकल्प बनाउन सक्छन्।

 रणनीतिक साझेदारी तथा बजार तयारी

थाइ एयरवेज इन्टरनेशनल कम्पनी लिमिटेडले नेपालको लागि आफ्नो जेनरल सेल्स एजेन्ट (GSA) ले सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिससँग संयुक्त रुपमा व्यापक प्रशिक्षण सत्रहरू सञ्चालन गरेको थियो। यी प्रशिक्षण सत्रहरूमा यात्रा उद्योग साझेदारहरू Travelport‑Galileo  नेपाल तथा Sabre नेपालसमेत सहभागी थिए। नेपालभरका यात्रा व्यवसायीकर्मीहरूलाई नयाँ विमान कन्फिग्रेसन र सेवा प्रस्तावहरूको जानकारीबारे पूर्ण रूपमा परिचित गराउने रणनीतिक पहलको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X